मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना इपिसेन्टरमा प्रदेश ५ : पहाडी जिल्ला गुल्मीसहित ७ जिल्लामा पुग्यो संक्रमण

सोमबार, ०५ जेठ २०७७, १८ : ५५
सोमबार, ०५ जेठ २०७७

बुटवल । अन्य प्रदेशको तुलनामा केही ढिलागरी संक्रमित भेटिएको प्रदेशनम्बर ५ कोरोनाभाइरस संक्रमणको इपिसेन्टर बनेको छ । 

पछिल्लो समय यो प्रदेशमा संक्रमितहरु दैनिक थपिँदै गएका छन् ।

सोमबार दिउँसो ४ बजेसम्मको तथ्यांक अनुसार एकै पटक ४९ संक्रमित भेटिएपछि प्रदेशमा ५ मा कोरोनाभाइरस संक्रमितको संख्या १५९ पुगेको हो ।

सोमबार गुल्मी, दाङ र बाँकेमा मात्रै थप ४९ जना  नयाँ थएिका हुन् ।  प्रदेशका १२ जिल्लामध्ये ६ वटा तराईका जिल्लाहरु यसअघि नै कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

सोमबार गुल्मीका एक व्यक्ति थपिएपछि प्रदेशका पहाडी जिल्ला पनि कोरोना संक्रमणबाट अछुतो रहेनन् । गुल्मीको मदाने गाउँपालिकाका ४० बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी जेठ १ गते रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उचारको लागि आएका थिए ।

 उनको स्वाब तीन दिन अघि भैरहवास्थित प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको हो । कोरोना पुष्टि भएसँगे सोमबारै सो अस्पताल सिल गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद गिरीले रातोपाटीलाई बताए ।  गुल्मीमा बस्ने ति पुरुषलाई कसरी कोरोनासंक्रमण भयो भन्ने थप अनुसन्धान भईरहेको निर्देशक गिरीले बताए ।

प्रदेश ५ मा पहिलोपटक वैशाख १९ गते रूपन्देहीको कोटहीमाई गाउँपालिका २५ वर्षिय र बाँकेको नेपालगञ्जका ६० वर्षिय पुरुषमा एकसाथ संक्रमण देखिएको थियो ।  

बाकेमा मात्रै ८१
सोमबार बाँके जिल्लामामात्रै ४७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बाँकेमा यसअघि नै ३४ जना संक्रमित देखिएका थिए । नयाँ संख्यासँगै जिल्लामा संक्रमितको संख्या ८१ पुगेको हो ।

बाँकेको नरैनापुरको वडा नं. २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दिपेन्द्र मावि, भोज भगवानपुरबाट ३९ (एकजना मृत्यु), वडा नं. ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं. ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएकोमा ४७ जनामा कोरोना पुष्टि भएको हो ।

यीबाहेक ११ जनाको आइतबार स्वाब लिइएको छ। आठ जना संक्रमितमध्येमा दुई जना घरपरिवार ससुराली गएको पाइएपछि आफन्तको स्वाब लिइएको बताइएको छ । अन्य विवरण बुझदै गरेको र कन्टयाक  ट्रेसिङको काम भइरहकोे प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद गिरीले जानकारी दिए ।

प्रदेशमा भारतसँग सीमा जोडिएका ६ जिल्लामध्ये ६ वटै जिल्लामा संक्रमण पुगेको छ । पहाडी जिल्ला गुल्मीमा पनि भेटिएपछि प्रदेशमा त्रास बढेको छ । यो प्रदेशका ५ पहाडी जिल्लामा कोरोना पुगिसकेको छैन ।

बाँकी रहेनन स्वास्स्थ्यकर्मी र सुरक्षाकर्मी पनि
प्रदेश ५ मा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि संक्रमण देखिएको छ । संक्रमितमध्ये रूपन्देहीका पहिलो संक्रमित निको भएर घर फर्किएका छन् ।  यो प्रदेशमा सवैभन्दा धरै संक्रमित भेटिएको जिल्ला बाँके हो ।

यो जिल्लामा अझै संक्रमित संख्या अझै बढ्न सक्ने स्थानीयहरु बताउँछन् । भारततर्फको सीमाबाट लुकिछिपी आउने क्रम नरोकिँदा संक्रमण समुदायमा फैलिएर अवस्था नियन्त्रणबाहिर जानसक्ने चिन्ता सर्वसाधाणमा छ ।

प्रदेश स्वास्थ्य निर्देशानलयका अनुसार  बाँकेमा  ८१, कपिलबस्तमा ४३, रुपन्देहीमा २७, नवलपरासी पश्चिममा १, बर्दियामा २, दागमा ४ र गुल्मीमा १ जनामा भएको पुष्टि भएको छ । जसमध्ये १ जना निको भएर घर गएका छन् भने १ जनाको क्वारेटाइमा मृत्यु भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप