शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमितको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

मङ्गलबार, ०६ जेठ २०७७, २१ : ५३
मङ्गलबार, ०६ जेठ २०७७

बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 
एक २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएपछि संक्रमितको सम्पर्कमा रहेका ५६जनाको स्वाब संकलन गरिएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले बताए  ।
कालीमाटीमा मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौँ गएको र परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप