शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका–युरोपका बालबालिकामा देखिएको यो भयानक रोग भारतसम्म पुग्यो

बुधबार, ०७ जेठ २०७७, ०८ : ०१
बुधबार, ०७ जेठ २०७७

कोरोनाभाइरसको गम्भीर लक्षण बालबालिकामा अहिलेसम्म देखिएको छैन भनेर भन्ने गरिन्थ्यो तर भारतको चेन्नईमा ८ वर्षका एक बालकमा कोरोनाको गम्भीर लक्षण अर्थात् हाइपर इन्फ्लामेटरी सिन्ड्रोम पाइएको छ ।

हाइपर इन्फ्लामेटरी सिन्ड्रोमका बेला तत्काल प्रभावकारी चिकित्सकीय सुविधा नपाएको खण्डमा शरीरका विभिन्न अंगले काम गर्न बन्द गर्न सक्छ ।

यो रोग लागेपछि रक्त वाहिनी सुन्निने गर्छ ।

चेन्नईमा कांची कमाकोटी चाइल्ड्स ट्रस्ट अस्पतालका निर्देशक डाक्टर एस. बालासुब्रमण्यनले बीबीसीलाई भने, ‘जब भाइरस शरीरमा प्रवेश गर्छ तब शरीरलाई रक्षा गर्ने सबै हतियार भाइरससँग लड्न तयार हुने गर्छन् । यदि कुनै व्यक्तिको शरीरले जोडदार तरिकाले यसमाथि प्रतिक्रिया दिन्छ भने उसको शरीरमा भारी मात्रामा प्रोटिन पैदा हुने गर्छ जुन संक्रमणसँग लड्नका लागि आवश्यक छ । यसको बदलामा शरीरमा क्षती पुग्न थाल्छ । यस्तो प्रकारको टक्सिक शक सिन्ड्रोमको बालबालिकामा असर पर्छ ।’

८ वर्षीय बालकलाई ज्वरो नियन्त्रण नभएका कारण अस्पताल पुर्याइएको थियो ।

डाक्टर बालासुब्रमण्यनका साथी डाक्टर बाला रामचन्द्रन भन्छन्, ‘बालकलाई लगातार ज्वरो आइरहेको थियो । घाँटी र जिब्रो सुन्निएको थियो, ओठ फुटेका थिए । उनी पूर्ण रुपमा अत्यधिक बिरामी देखिएका थिए । उनलाई पहिलो पटक पुर्याइएको अस्पतालले उनको कोभिड–१९ परीक्षण गरेको थियो तर त्यसमा नेगेटिभ देखिएको थियो । त्यतिबेला उनलाई ज्वरो आएको चौथो दिन थियो । नवौं दिन त्यहि ल्याबको रिपोर्टमा उनलाई संक्रमण देखियो । ’

डाक्टरका अनुसार बच्चाको उपचार गरियो र उनलाई १५ दिनपछि अस्पतालबाट छुट्टी दिइयो ।

अमेरिका–युरोपमा देखिएको थियोः

यस्तो प्रकारको समस्याले यूरोप र अमेरिकाका बाल रोग विशेषज्ञललाई पनि चिन्तामा पारिरहेको छ ।

मेडिकल जर्नल लासेन्टमा ७ मेमा छापिएको एक रिपोर्ट अनुसार अप्रिलको मध्यमा लण्डनको साउथ टेम्स रिट्राइवल सर्भिसमा ८ बालबालिकामा यस्तो समस्या देखिएको थियो जसमा कोभिड–१९ का साथै अन्य रोगको पनि लक्षण देखिएको थियो ।

त्यसपछि युरोपका अन्य इलाकाका साथै अमेरिकाका बालबालिकामा पनि यस्तो समस्या देखियो ।

डाक्टर रामचन्द्रन भन्छन्, ‘हामीले त्यहाँ देखिएको जस्तै समस्या देखिरहेका छौं ।’

परिवारले के कुरा याद गर्नुपर्छ ?

डाक्टर बालासुब्रमण्यन भन्छन्, ‘यसमा ज्वरो आउनु चिन्ताजनक होइन तर यदि बच्चा असामान्य रुपमा सुस्त छ, अत्यधिक थाकेको देखिन्छ, केही खाँदैनन्, पिसाब कम आइरहेको छ, पसिना धेरै आइरहेको छ, शरीरमा दाना निस्किएका छन्, जिब्रो र आँखा राता छन्, पेट दुख्ने समस्या देखिएको छ भने बच्चालाई तुरुन्त अस्पताल पुर्याउनुपर्छ ।’

बच्चाले सामान्य रुपमा कति सास फेर्न सकिरहेका छ र उसको रक्त प्रवाह कति सामान्य छ भनेर डाक्टरले परीक्षण गर्छन् ।

डाक्टर बालासुब्रमण्यन भन्छन्, ‘हाइपर–इन्फ्लामेटरी सिन्ड्रोमको उपचार कोभिडजस्तो हुँदैन । बच्चालाई गहन स्वास्थ्य सेवाको आवश्यकता छ । उसलाई धेरैभन्दा धेरै तरल पदार्थको आवश्यकता छ किनभने रक्तचाप कम हुन्छ भने मुटुसम्म रक्त प्रवाह घट्ने गर्छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप