शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया र चीनबीचको तनाव कसका लागि घातक ?

बुधबार, ०७ जेठ २०७७, १२ : २९
बुधबार, ०७ जेठ २०७७

चीनको सरकारी मिडियाले अष्ट्रेलियाको बेस्सरी मजाक उडाएको छ । ग्लोबल टाइम्सले अष्ट्रेलियाबारे लेखेको छ, ‘कंगारु अमेरिकाको कठपुतली बनेको छ ।’

ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘अष्ट्रेलियाले कोरोना भाइरसको उत्पत्तिको विषयमा स्वतन्त्र अनुसन्धानको माग गरिरहेको छ र उसको लक्ष्य चीन हो । अष्ट्रेलियाको यस्तो प्रवृत्तिबारे स्पष्ट रुपमा भन्न सकिन्छ कि ऊ अमेरिकाले जे भन्यो त्यो गरिरहेको छ । त्यहाँका नेता चीनको आलोचना गरिरहेको छ तर यसले उनीहरुलाई नै हानी पुर्याइरहेको छ ।’

अर्कोेतर्फ अष्ट्रेलियाका अर्थमन्त्री सिमाने बर्मिंगमले चिनियाँ दूतावासको टिप्पणीमा कडा असन्तोष व्यक्त गरेका छन् । अष्ट्रेलियास्थित चिनियाँ दूतावासले कोरोना भाइरसको विषयमा स्वतन्त्र अनुसन्धानको माग एउटा ठट्टा भएको बताएको थियो ।

अष्ट्रेलियाका अर्थमन्त्रीले स्काई न्यूजसँग भने, ‘हामी कोभिड–१९ जस्तो गम्भीर विषयमा सस्तो बहसमा पर्न चाहन्नौं । हामी चिनियाँ दूतावाससँग सस्तो बहस गर्ने छैनौं ।’

चीन र अष्ट्रेलियाबीच लगातार तनाव बढिरहेको छ । चीनले अष्ट्रेलियासँग जौको आयातमा ८० प्रतिशतसम्मको ट्यारिफ लगाउने निर्णय गर्यो । चीन र अष्ट्रेलियाबीच व्यापारिक सम्बन्ध निकै महत्वपूर्ण छ ।

यदि दुई देशबीचको व्यापारिक सम्बन्धमा तनाव आउँछ भने अष्ट्रेलियाका लागि यसको परिपूर्ती गर्न सहज हुने छैन । सन् २०१८ मा बिफ, वाइन, पर्यटन र चिनियाँ विद्यार्थीमार्फत् अष्ट्रेलियाले चीनबाट १८ अर्ब डलरको कारोबार पाएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप