बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेपत्ता परिवारको अभिभावक बन्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

बुधबार, ०७ जेठ २०७७, १३ : ०७
बुधबार, ०७ जेठ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनका क्रममा वेपत्ता भएका योद्धाहरुका परिवारको अभिभावकत्व लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार वेपत्ता योद्धा दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै वेपत्ता परिवार र तिनका सन्नतिहरुको शिक्षादिक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्नसरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘महान् जनयुद्ध, ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता हुनुभएका सम्पूर्ण योद्धाहरुको स्मृति दिवसका सन्दर्भमा उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु’, अध्यक्ष प्रचण्डको विज्ञप्तिमा उल्लेख छ । 

प्रचण्डले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता भएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा पुगेको पनि बताएका छन् ।

‘महान् वेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो । यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहोयाउँछ’, प्रचण्डको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप