बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हराएको ९ दिनपछि शव फेला

बुधबार, ०७ जेठ २०७७, १४ : १८
बुधबार, ०७ जेठ २०७७

सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ इमलीडाडाँमा एक युवकको शव फेला परेको छ । शव ९ दिनअघि हराएका स्थानीय करिव ३५ वर्षिय सञ्जिवकुमार यादवको रहेको प्रहरीले जनाएको छ । यादव गत बैशाख २९ गते घरबाट हिँडेका थिए । मंगलबार गोठालाहरुले झाडिमा शव देखेर प्रहरीलाई सूचना दिएको इलाका प्रहरी कार्यालय मिर्चैयका प्रमुख डिएसपी सन्तुलाल जयशवाले जानकारी दिए । 

शव कुहिएर उठाउनै नसक्ने अवस्थाका रहेकाले परीक्षणका लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालका चिकित्सक बोलाइएको प्रहरीले बताएको छ  । प्रहरीले घटनाबारे छानविन भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप