शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ताइवानबारे अमेरिकालाई चीनको धम्कीः नतिजा भोग्नुपर्नेछ

बुधबार, ०७ जेठ २०७७, १४ : २४
बुधबार, ०७ जेठ २०७७

अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले मंगलबार ताइवानका राष्ट्रपति साई इंग–वेनलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा उनले ताइवानको जिवन्त लोकतन्त्रको साहसिक, दूरदर्शितापूर्ण नेतृत्वका लागि राष्ट्रपति साई इंग–वेनको तारिफ गरेका छन् ।

अमेरिकाको तर्फबाट ताइवानको सरकारलाई यस्तो प्रकारको शुभकामना सन्देश कमै देखिन्छ ।

 राष्ट्रपति साई इंग–वेनको दोस्रो कार्यकालको सुरुवातबारे बधाई दिँदै अमेरिकी विदेशी मन्त्री माइक पोम्पियोले ट्वीटरमा लेखे, ‘ताइवानका राष्ट्रपति पदको दोस्रो कार्यकालको सुरुवातका लागि डाक्टर साई इंग–वेनलाई शुभकामना । ताइवानको जिवन्त नेतृत्व त्यो क्षेत्र र संसारका लागि प्रेरणाको स्रोत हो । राष्ट्रपति साई इंग–वेनको नेतृत्वमा ताइवानसँग हाम्रो समझदारी फली–फुलिरहनेछ ।’

माइक पोम्पियोको ट्वीटमा चीनको विदेश मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ ।

बुधबार चीनको विदेश मन्त्रालयले भन्यो, ‘अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ताइवानका राष्ट्रपति साई–वेनलाई शुभकामना दिएर ताइवान–चीन सम्बन्ध र चीन–अमेरिका सम्बन्धको क्षेत्रको शान्तिलाई गम्भीर क्षती पुर्याएको छ ।’

चीनको विदेश मन्त्रालयले आफ्नो बयानमा यसका लागि चीनले आवश्यक कदम उठाउने र अमेरिकाले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ ।

 स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप