शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको ५८ औं दिन: काठमाडौं उपत्यकाको सडकमा जे देखियो (फोटोफिचर)

बुधबार, ०७ जेठ २०७७, १४ : ५६
बुधबार, ०७ जेठ २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ५८ दिन पुगेको छ ।  गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको आज (बुधबार) ५८ दिन पुगेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई पार्दै गएको छ ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनलाई पालना गरिएको पाइएको छ । मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिन्छ । सुरक्षाकर्मीले सवारी चेकजाँचलाई कडाई पारेका छन् । प्रशासनले जारी गरेको पास बिना सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । अत्यावश्यक सेवा, ढुवानी सेवाका साधनहरु भने सञ्चालनमा आएका छन् । त्यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी लगायतका व्यक्तिका सवारी साधनलाई पनि सञ्चालन गर्न दिइएको छ ।

उपत्यकाका भित्री सडक छेउमा रहेका अत्यावश्यक उपभोग्य वस्तुका केही पसलहरु खुलेका देखिन्छन् । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर उपभोग्य वस्तुहरु किनमेल गर्ने गरेका छन् । लामो समय देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप