जनकपुरधाम उपमहानगरलाई लुम्बिनी विकास बैंकले दियो स्वास्थ्य सामाग्री
जनकपुर– कोरोना महामारीको बीच लुम्बिनी विकास बैंकले जनकपुरधाम उपमहानगरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
विश्वभर फैलिसकेको कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामाग्री जनकपुरधाम उपमहानगरपालिकालाई प्रदान गरिएको हो ।
धनुषामा समेत कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यका साथ लुम्बिनी विकास बैंक लिमिटेड जनकपुरधाम शाखाका प्रबन्धक किरण बहादुर उमा मगरले उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई सो सामाग्री हस्तान्तरण गरेका हुुन् ।
सो बैंकले १ हजार ५ सय थान सर्जिकल मास्क, ५ सय जोडी ग्लोब्स, ५ हजार मिलि लिटर सेनिटाइजर, १ सय १० लिटर डिसइन्फेक्टेड लिक्विड, १० थान एन ९५ मास्क र २ थान पिपीई उपलब्ध गराएको जनाएको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै स्थानीय स्तरमा कोरोना संक्रमणबाट बचाउने उद्देश्यले यी सामाग्रीहरु वितरण गरेको बैंकका शाखाका प्रबन्धक मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान