शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहेमा रोएका थिए अनिल कपूर, हाँसेकी थिइन् बेहुली

बुधबार, ०७ जेठ २०७७, १८ : ५७
बुधबार, ०७ जेठ २०७७

एजेन्सी । १९८४ मा बलिउड नायक अनिल कपुरले सुनितासँग बिहे गरेका थिए । विवाहको ३६ औं वर्षगाठमा केही तस्विर सार्वजनिक गर्दै अनिलले सुनितासँगको प्रेम र विवाहलाई स्मरण गरेका छन् ।

धकेलिएको थियो विवाह 
अनिलले आफ्नो इन्स्टाग्राममा तस्विर शेयर गर्दै लेखेका छन्, ‘कसरी १९ मे मेरो जिन्दगीको सबैभन्दा राम्रो दिन बन्यो । मैले सुनितालाई पत्नी बन्नका लागि प्रस्ताव गरेको थिए । हाम्रो विवाह धेरै धकेलियो किनकि म चाहन्थ्यें कि उसको राम्रोसँग ख्याल राख्न सकुँ, कम से कम म चाहन्थ्यें कि उसका लागि एक घर किन्न सकुँ र एउटा कुक राख्न सकुँ ।’

उनले लेखेका छन्, ‘धेरै कठिनाईपछि १९ मेइमा हाम्रो विवाह भयो । मलाई आज पनि याद छ, जब म उनको घरमा गएको थिए र दुलहीका रुपमा उनलाई ेदेखें, तब उनी हाँसिरहेकी थिइन् । मेरो आँखामा आँशु आयो । खुसी र नर्भसनेशको आँसु ।’ उनले थपेका छन्, ‘हाम्रो विवाह एक दिनको तयारीमा भएको थियो । त्यो धुमधाम थिएन र हामी हनिमुनमा पनि गएका थिएनौं, यसका लागि आज पनि उनी मलाई कराउँछिन् ।’

अनिलका अनुसार धेरै मानिसले चाडैं विवाह गर्नु करियरका लागि खराब हुने बताएका थिए । ‘धेरै मानिसले भविष्यवाणी गरे कि चाडैं विवाह गर्नु मेरो करियरका लागि खराब हुन्छ, तर म आफ्नो जिन्दगीको एक दिन पनि तिमी बिना बिताएर बर्बाद गर्न चाहन्नथ्यें,’ उनले लेखेका छन्, ‘हाम्रा लागि कहिल्यै यो करियर र प्रेम भन्ने भएन, हाम्रा लागि यो प्रेम र करियर भन्ने नै थियो ।’ अनिल र सुनिताका तीन छोराछोरी छन् । सोनम कपूर, रिया कपूर र छोरा हर्षवर्धन कपूर सबै फिल्म उद्योगमै सक्रिय छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप