बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा पनि कोरोना संक्रमण फैलिएको हो ?

बुधबार, ०७ जेठ २०७७, १९ : ५८
बुधबार, ०७ जेठ २०७७

पोखरा । केही समय अघिसम्म पोखरा महानगरपालिकाले महानगर कोरोना ‘फ्री’ रहेको दाबी ग-यो । विदेशबाट फर्किकाहरुमा संक्रमण नदेखिएको र संक्रमित जिल्लाबाट आउन पनि रोक लगाइएको आधारमा महानगरले यो दाबी गरेको थियो । 

महानगरकी उप-मेयर मञ्जुदेवी गुरुङले पनि हिजो मात्रै भएको कुराकानीमा महानगरको वरिपरी महामारि आई सके पनि महानगरमा भने विपत्त नआई सकेको बताएकी थिइन । तर, बुधबार एक्कासी महानगरका ४ कर्मचारीमा आरडिटी टेस्ट गर्दा कोरोना पोजेटिभ भेटिएको खबरले तरगिंत बनायो । 

आरडिटी टेस्ट उति सारो भरपर्दो नभएको हुँदा पिसिआर रिपोर्ट नेगेटिभ आउने सोचेर महानगरवासिलाई केही राहत त मिल्यो । यद्यपि, एक जनाको रिपोर्ट पिसिआर विधिबाट पुन ः परिक्षण गर्दा पनि पोजेटिभ नै आई दियो । 

स्वास्थ्य निर्देशनालय गण्डकीले आफ्नो परिक्षणमा विश्वास नलागेर उनको स्वाब पुन परिक्षण गर्दै छ । जसको रिपोर्ट भोलि मात्रै आउँछ । मंगलबार स्वास्थ्य र सरसफाईका ५१ कर्मचारीलाई आरडिटी टेस्ट गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएपछि ससंकित बनेको महानगरलाई बुधबार पिसिआर विधिबाट परिक्षण गर्दा पनि रिपोर्ट शंकास्पद निस्किएपछि थप त्रास थपेको छ । केही समय अघि स्वास्थ्य निर्देशनालयले आरडिटी विधिभन्दा पिसिआरमै बढी भर पर्ने र आरडिटी टेस्ट बन्द गर्ने समेत बताएको थियो । तर, महानगरका कर्मचारीको आरडिटीबाट टेस्ट गरियो । 


स्वास्थ्य निर्देशनालय गण्डकीका प्रमुख डाक्टर विनोद विन्दु शर्माका अनुसार बुधबारको टेस्ट रिपोर्ट शंकास्पद भेटिएका महानगरका कर्मचारीको पुन परिक्षणका लागि स्वाब संकलन पनि भई सकेको छ । उनको रिपोर्ट बिहीबार मात्रै सार्वजनिक हुने टेलिफोन वार्तामा उनले बताएका छन् । ‘उहाँको स्वाब फेरि लिनुपर्ने देखियो । त्यसको लागि स्वाब संकलन पनि भई सकेको छ,’ उनले भने ।

पुन : परिक्षणमा रिपोर्ट सकारात्मक आउनेमा उनी आशावादी छन् । रिपोर्ट शंकास्पद आएका महानगरका कर्मचारिको स्वाब नै कम्प्लिट नभएको हुन सक्ने उनको तर्क पनि छ । ‘त्यो पनि रिपोर्ट नेगेटिभ आउछ । किनभने, त्यसको स्वाब कम्प्लिट छैन,’ उनले अघि सुनाए ।

हिजै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित सातै मन्त्री र मन्त्रीका सचिवालय सदस्य, सातै मन्त्रीका सचिव, प्रमुख सचिव तथा कर्मचारी, चालक र सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिएको थियो । ११ जेठ देखि सुरु हुने प्रदेश सभाको वर्षे अधिवेशनमा भाग लिनु पर्ने भएकाले जाँच गर्न लागिएको मन्त्रालयले बताएको थियो ।

बुधबार आउने भनिएको कर्मचारी तथा मन्त्रीहरुको रिपोर्ट सार्वजनिक भई सकेको छैन । आरडिटी टेस्टमा शंकास्पद भेटिएका हुनाले तत्कालको लागि आरडिटीमा पोजेटिभ देखिएकाहरुको परिक्षण गर्न लागेको हुँदा मन्त्रालयका कर्मचारी र मन्त्रीहरुको रिपोर्ट सार्वजनिक नभएको निर्देशक डाक्टर शर्माले जनाए । ‘तपाईंले चिन्तै नगर्नुस् त्यसमा, उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आउछ,’ उनले भने । 

हिजो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १ सय ४६ जनाको स्वाब लिइएको थियो । बुधबार १ सय १४ जना कर्मचारीको स्वाब संकलन गरिएको उनले बताए । सबैको रिपोर्ट बिहीबार सार्वजनिक हुने उनले सुनाए । 

पोखरा महानगरले जम्माजम्मि ३ सय बेड क्षमतको क्वारेन्टाइन खडा गरेकोमा वडा वडामा पनि क्वारेन्टाइन क्षमता विस्तार गर्न लागेको छ । पिसिआर विधिबाट पनि शंकास्पद रिपोर्ट निस्किएपछि महानगरबासिमा थप संशय पैदा गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप