शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वी क्षेत्रमा सतर्कता अप्नाउन महाशाखाको आग्रह

बुधबार, ०७ जेठ २०७७, २२ : ५०
बुधबार, ०७ जेठ २०७७

काठमाडौं । नेपालका पूर्वी क्षेत्रमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको प्रभाव पर्न सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना भएको जनाएको छ । 

चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले आज राती सामान्य बदली रही पूर्वी भूभागका धेरैजसो स्थानहरु, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका समेत केही प्रभाव पर्न सक्ने मौसमविद् अर्चना श्रेष्ठले जानकारी दिएकी छिन् । खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
 
शुरुमा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो । यस चक्रवातको नाम अंपुन नामाङ्कन गरिएको छ । उक्त चक्रवात शुरुमा उत्तर–उत्तरपश्चिम दिशातर्फबाट अगाडि बढ्दै गरेकामा पछि उत्तर–उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ । यो चक्रपात भारतको पश्चिम बंगाल र बंगलादेशको तटी क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने क्रममा रहेको बताइएको छ ।  मौसमविद् श्रेष्ठका अनुसार नेपालमा अंपुन चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्वी र मध्य क्षेत्रको मौसम आगामी २–३ दिन प्रभावित हुनेछ । यसको प्रभावबाट खासगरी प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशको मौसम प्रभावित हुने जनाइएको छ ।

यी क्षेत्रमा केही वर्षासहित उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुने बताइएको छ । साथै गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा समेत मौसम केही बदली हुने जनाइएको छ । प्रदेश १ को हिमाली तथा पहाडी जिल्लाहरुका खोला र नदीहरुमा आज राती जलप्रवाह आकस्मिक रुपमा बढ्न सक्ने भएकोले महाशाखाले सतर्कता अप्नाउन अनुरोध गरेको छ । त्यस्तै प्रदेश १ का तराईका जिल्ला र प्रदेश २ को सप्तरी–सिरहाका स–साना खोला तथा कन्काई, कोशी र यी नदीहरुका सहायक खोलाहरुमा जलसतह बढ्ने (तर सतर्कता तहभन्दा मुनि रहने सम्भावना रहेको)  भएकोले नदी तटीय क्षेत्रमा सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप