शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्देशक दिपेन्द्र के खनाल लेख्छन्, ‘मेरो रगत देशको लागि काम लागे जीवन धन्य हुने थियो’

बिहीबार, ०८ जेठ २०७७, १४ : २०
बिहीबार, ०८ जेठ २०७७

नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको भूमि समावेश गर्दै संशोधन गरिएको नेपालको नयाँ नक्साको समर्थन गरेपछि भारतीय मिडियालगायत भारतका सर्वसाधारणदेखि विभिन्न व्यक्तित्व उनीमाथि खनिएका छन् ।

भारतको एबीपी टेलिभिजनले मनिषालाई ‘खाति भारतकी और गाति चीनकी’ भन्दै उनको कडा आलोचना गरेको छ । एबीपी मात्रै होइन, विभिन्न भारतीय च्यानल र न्यूज पोर्टलले मनिषाको अत्यधिक खेदो खनेका छन् ।

यसमा नेपालका सर्वसाधारण, नेता, कलाकार, अभिनेता, निर्देशकले कडा आपत्ति  जनाएका छन् ।

मनिषाको बयानपछि भारतीय च्यानल जी न्यूजले नेपाल र भारतबीचको सैनिकको तुलना गर्दै ‘भारत कहां और नेपाल कहां’ भन्दै समाचार सम्प्रेषण गरेको छ ।

यसमा दाबी गरेअनुसार भारतसँग १४.५ लाख र नेपालसँग ९५ हजार सैनिक छन् ।

मेरो रगत देशको लागी काम लागे जीवन धन्य हुने थियो । #fuckoffindianmedia

Posted by Dipendra K. Khanal on Thursday, 21 May 2020

जी न्यूजको यो समाचारको स्क्रिनसट सेयर गर्दै नेपाली चलचित्रका चर्चित निर्देशक दिपेन्द्र के खनालले भारतीय मिडियाको यस्तो कदमप्रति आपत्ति जनाएका छन् ।

फरक विषयमा चलचित्र बनाउने निर्देशक दिपेन्द्रले बिहिबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेखेका छन्, ‘मेरो रगत देशको लागि काम लागे जीवन धन्य हुने थियो ।’

उनको यो पोस्टमा थुप्रैले कमेन्ट पनि गरेका छन् जसमध्ये एकले लेखेका छन्, ‘ सेना संख्याकै कुरा गर्ने हो भने त १ जना को भागमा लगभग १५ जना त रैछनी। ए अंग्रेजका गुलाम हो हामी वीर गोर्खाली हौँ निकै कम हो यो अनुपात हाम्रो लागि ।’

कतिले पनि संख्यामा नभई गुणस्तर हेर्नुपर्ने पनि बताएका छन् ।

निर्देशक दिपेन्द्रको चपली हाइट, पशुपती प्रसाद, आमा जस्ता फिल्म निकै चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप