शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनामुक्त भएपछि टेकु अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज

बिहीबार, ०८ जेठ २०७७, १५ : ५७
बिहीबार, ०८ जेठ २०७७

कोरोनाभाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट बुधबार ४ जना डिस्चार्ज भएका छन् । 

अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना संक्रमितलाई  डिस्चार्ज गरिएको अस्पताल निर्देशक डाक्टर सागर राजभण्डारीले बताए । 

४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो । 

टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जनामात्रै रहेको निर्देशक राजभण्डरीले बताए । 

४ जनाकोरोना भाइसरमुक्त हुने मध्ये एक जना आरोग्य फाउन्डेशनकी कर्मचारी पनि हुन् । फाउन्डेशनकी ती कर्मचारी कर्मचारीलाई  वैशाख ३१ गते  कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । योसँगै हालसम्म नेपालका विभिन्न अस्तालबाट कोरोनामुक्तभएर डिस्र्चाज हुनेको संख्या ४९ जना पुगेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप