बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएद्वारा सरकारलाई थप स्वास्थ्य उपकरण हस्तान्तरण

बिहीबार, ०८ जेठ २०७७, २२ : ३५
बिहीबार, ०८ जेठ २०७७

 गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई थप स्वास्थ्य सम्वन्धी सुरक्षा उपकरण हस्तान्तरण गरेको छ ।

संघले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीन, दक्षिण कोरिया र मकाउबाट प्राप्त सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विहीवार हस्तान्तरण गरेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ती सामग्रीहरु संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।


हस्तान्तरण गरिएका सामग्रीमा  केएन नाइन्टी फाइव मास्क १२ हजार थान, शु कभर, २ हजार थान, चश्मा २ हजार थान र आइआर थर्मामिटर १ सय ९० थान रहेका छन् । 

समारोहमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका शाखा अधिकृत केदार उप्रेती, गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिणकारिया र मकाउ प्रति हार्दिक आभार प्रकट  गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप