केन्द्रीय संस्करण
कोरोना कैरन– १८

तिनका नाउँमा जो मारिए

person explore access_timeजेठ ८, २०७७ chat_bubble_outline0

यावत मुद्रण र विद्युतीय माध्यममा सुगाशैलीमा एउटा समाचार छापियो । यी सबैको आशय एउटै थियो, भाका एउटै । मानौँ केवल नामका हिसाबले यी फरक माध्यम हुन्, कर्म र धर्मका हिसाबाले यी हुन् एकै बटनद्वारा सञ्चालित यन्त्रमानव— रोबोट । समाचारले भन्यो— पच्चीस वर्षे युवक नरैनापुरको क्वारेन्टाइनमा मरे । यो समाचार सरासर असत्य थियो । सत्य समाचार क्वारेन्टाइन स्थल, दीपेन्द्र प्राविका भित्तामा गोबरका निराकार अक्षरमा लेखिएको थियो— पच्चीस वर्षका युवकलाई सरकारले थुनेर मार्‍यो ! यी अनेकओली माध्यमका छापिएको समाचारको पेट व्यहोरामा भने कमसेकम यो समाचार अर्ध–सत्य थियो, जसमा युवक कुन अवस्थामा मरे, कसरी मरे, कसले मार्‍यो आदि कुराको वृत्तान्त थियो ।

क्वारेन्टाइनमा मारिएका युवक बाँके जिल्लाका थिए । ती थिए, सीमान्त अल्पसंख्यक मुस्लिम समुदायका एक सदस्य । नरैनापुर गाउँपालिका थियो तिनको दुखिया बासस्थल । मर्मान्तक व्यथा र असैह्य वेदनायुक्त तिनको कथा हदै हृदयविदारक छ । राप्ती किनारमा तिनका परिवारको खोस्रिखाने अलिकता माटो थियो, त्यो माटोमा तिनको मुन्टो लुकाउने सानो छाप्रो थियो । साठी सालमा राप्तीको बाढीले तिनको खोस्रिखाने माटो बगायो, एकहत्तर सालमा तिनको मुन्टो लुकाउने छाप्रो बगायो । राप्तीको बाढीमा तिनको लालपुर्जा बग्यो, र सँगै बगेर गयो तिनको नागरिक बन्ने निस्सा पनि । र, बासउठ्ठा भएको तिनको अनागरिक परिवार नजिकैको सामुदायिक वनको शरण पर्‍यो । सत्ता, शक्ति र सम्पत्तिका स्वामी हुकुमबासीको राजमा तिनको परिबार अब सुकुम्बासी भयो ।


क्वारेन्टाइनमा मारिएका युवक बाँके जिल्लाका थिए । ती थिए, सीमान्त अल्पसंख्यक मुस्लिम समुदायका एक सदस्य । नरैनापुर गाउँपालिका थियो तिनको दुखिया बासस्थल । मर्मान्तक व्यथा र असैह्य वेदनायुक्त तिनको कथा हदै हृदयविदारक छ । राप्ती किनारमा तिनका परिवारको खोस्रिखाने अलिकता माटो थियो, त्यो माटोमा तिनको मुन्टो लुकाउने सानो छाप्रो थियो । साठी सालमा राप्तीको बाढीले तिनको खोस्रिखाने माटो बगायो, एकहत्तर सालमा तिनको मुन्टो लुकाउने छाप्रो बगायो ।


खोस्रिखाने माटो राप्तीको उत्ताल प्रवाहमा अपल हुँदा परिवारमा सधैँ खान–लाउनको दुःख भयो । दुःख टार्ने आशाले ती युवक सत्तरी सालदेखि भारतको मुम्बई जान थाले । हातमा विशेष सीप थिएन । कमाइखाने तिनको अस्त्र केवल कोरा श्रम थियो, काँचो पसिना थियो । तिनले कुल्ली काम गरे, दरबारनी काम गरे, होटलमा भाँडा माझे । ती साना मान्छेका चित्तको एक कुनामा एउटा सानो रङ्गीन सपना थियो । म हड्डी घोटेर काम गर्छु । पसिना, रगत, आँसु जे जे पर्छ, म बगाउँछु । म परिवारको दैनिक गर्जो टारेर अलिकता पैसा बचाउँछु । आज नभए भोलि, भोलि नभए पर्सि, पर्सि नभए जीवनमा कुनै दिन म अलिकता माटो किन्छु र एउटा सानो पक्की घर बनाउँछु । मेरो पौरखले बन्ने घरमा जुन दिन मेरा आमा–बा, जहान, छोरा र छोरी भित्रिने छन्, त्यो मेरो जीवनको हुनुसम्म सुखको दिन हुनेछ । हरेक पटक घरबाट मुम्बई हिँड्दा ती युवक आफ्ना प्रिय जनलाई यो सपना सुनाउँथे । बा भन्थे— आनासुकी कमाउन म मुम्बई जान्छु, तँ घर–व्यवहार हेरेर यतै बस् । युवक भन्थे— नाइँ, मै जान्छु । बाभन्दा मै बलियो छु । बाभन्दा मै धेरै कमाउँछु । 

कालकोठरीतुल्य क्वारेन्टाइनमा थुनेर ती युवक मारिए । र, सँगै मारियो तिनको यो रङ्गीन सपना पनि । ती युवक आफ्नो सुकुमबासी परिवारका लागि धेरैथोक थिए । परिवारको बारी तिनै थिए, खेत तिनै थिए । जागिर तिनै थिए, ब्याङ्क ब्यालेन्स तिनै थिए । आफ्नो परिवारको सर्वस्व तिनै थिए । र नै ती मारिँदा तिनका भावविह्वल बाले डाको छाडेर रुँदै भने— ‘हाम्रो त टेक्ने नै भाँचियो !’

युवक जो मारिए, ती यसपाला चार महिनाअघि मुम्बई गएका थिए । ती होटलमा काम गर्दै के थिए लकडाउनले तिनको इलम खोसिदियो । अलि दिन होटल मालिकले खान दियो । त्यसपछि मालिक बटारिन थाल्यो ।  दबाबको भाकामा ऊ भन्न थाल्यो— अरे बहादुर ! तिमी घर गइहाल । कहाँ कस्ता कोसँग बस्या छौ, लसपस कोकोसँग छ, तिम्ले हाम्लाई कोरोना सार्न के बेर ! अब म खान दिन्नँ, तिमी गइहाल । आपत्–बिपत‍्मा मान्छेले सम्झिने आफ्नै देश हो, आफन्तै प्रियजन हुन् । युवकलाई घर आउन त उद्युम रहर छ । तर आऊन् कसरी ? यातायात लकडाउनमा जाम भएको छ । लकडाउनको रक्षार्थ ठाउँठाउँमा लाठा र बन्दुकधारी लाठेहरु तैनाथ छन् । अब गर्ने के ?

सिमानामा अलपत्र परेका नेपालीहरु

आपत्–बिपत‍्मा मान्छेले सम्झिने आफ्नै देश हो, आफन्तै प्रियजन हुन् । युवकलाई घर आउन त उद्युम रहर छ । तर आऊन् कसरी ? यातायात लकडाउनमा जाम भएको छ । लकडाउनको रक्षार्थ ठाउँठाउँमा लाठा र बन्दुकधारी लाठेहरु तैनाथ छन् । अब गर्ने के ?


कुरो गत बैशाख २६ गतको हो । संयोगवश मुम्बईबाट बहराइचसम्म आउने एउटा ट्रक फेला पर्‍यो । ट्रकमाथि भेडा–च्याङग्रासरी ७० जना श्रमिक कोचिए । तिनमा २० जना नरैनापुरका थिए । शिरमाथि खुला आकाश छ । ज्यान सुकुटी बनाउने घाम लागेको छ । ट्रकमाथि यसो जीउ चलाउने र मुन्टो घुमाउने ठाउँधरी छैन । अगाडिकाको ढाडमा पछाडिकाको मुन्टो जोतिएको छ, पछाडिको ढाडमा झन् पछाडिकाको मुन्टो जोतिएको छ । ठाउँठाउँमा प्रहरीका सिठ्ठीको आदेशमा ट्रक घ्याच्च रोकिन्छ । प्रहरी चालकलाई थर्काउँछ, यात्रुहरुको सातो लिन्छ । प्रहरीलाई यसो केही शिर उठाउनी टक्रयाएपछि ट्रकको बाटो खुल्छ । यो क्रम छिनछिनमा दोहोरिन्छ । भोकले आन्द्रा झुत्ती खेल्न थाल्छन्, तिर्खाले आँत जल्न थाल्छ । तर के लाग्छ ? गुरुजीको कृपा कुर्नु सिवाय उपाय छैन । जब गुरुजीलाई भोक, तिर्खा वा सुले सताउँछ, बल्ल ट्रक रोकिन्छ । अनि बल्ल केही खान–पिउन पाइन्छ । खानु पनि के नै छ र आखिर ? त्यही झ्यासझुसे बिस्कुट वा चाउचाउ त हो । के दिन के रात ट्रकमाथि यात्रुहरु मूर्तिवत् खडेखडे छन् । जब निन्द्राले उपद्रै गाँजेर ल्याउँछ, पछाडिको अभागी अगाडिको अभागीका कुममा च्युँडो टेकाएर एकाध पल निदाउँछ । 

बहराइच आयो । ट्रक वापिस गयो । त्यसपछि यात्रुहरु ढ्याके ट्रक भेटे ढ्याके ट्रकमै चढे, मिनी ट्रक भेटे मिनी ट्रकमै चढे, टेम्पो भेटे टेम्पोमै चढे, केही नभेटे कुम्लाकुटुरा बोकेर खल्खलली पसिना काडदै, सुस्केरा हाल्दै लुखुर–लुखुर हिँडे । र, नेपाली भाइहरु आखिरमा बैशाख ३० गते नेपालको सीमापारि आइपुगे, पारि भवानीपुरमा । वारि सशस्त्र जवानहरु बाटो छेक्दै पारितिर राइफल तेर्स्याएर उभिएका थिए । सङ्कटका बेला चैनको सास फेर्न आफ्नो देशमा आउनु छ, छातीतिर सरकारी राइफलहरु ताकिएका छन् । युवकहरुले पारिबाट दलका नेतालाई गुहारे, पार्टीलाई गुहारे, आफन्तलाई गुहारे । आखिरमा क्वारेन्टाइनमा बस्ने बाचा गरी युवकहरु देश भित्रिए । अतिशय करुणामयी सरकारको असीम कृपाले मातृभूमिको माटो टेक्न पाउँदाको क्षणमा तिनलाई संसार जितेको अनुभूति भयो ।

त्यसको पाँच दिनपछि युवक मारिए ! र, सँगसँगै देशको माटो टेक्न पाउँदाको तिनको अपार हर्ष पनि मारियो ।

https://gorkhapatraonline.com

नरैनापुरको क्वारेन्टाइन, क्वारेन्टाइनका नाममा कलङ्क भनिन लायकको थियो ।  साँगुरो भवन छ दीपेन्द्र प्राविको । क्यारेन्टाइनको अवस्था छ एकदम भद्रगोल । न चर्पी सफा छ, न कोठामा आपसी दूरी मिलाउन पुग्ने ठाउँ छ, न खान्की गतिलो छ, न सुरक्षा भरपर्दो छ, न स्वास्थ्य स्याहार सही छ । ज्यान खतरामा पर्दा न सुरक्षाकर्मी हाजिर छ, न स्वास्थ्यकर्मी । क्वारेन्टाइनवासीहरुलाई थुनेर ती कता हराउँछन्, अत्तोपत्तो छैन ।


नरैनापुरको क्वारेन्टाइन, क्वारेन्टाइनका नाममा कलङ्क भनिन लायकको थियो ।  साँगुरो भवन छ दीपेन्द्र प्राविको । क्यारेन्टाइनको अवस्था छ एकदम भद्रगोल । न चर्पी सफा छ, न कोठामा आपसी दूरी मिलाउन पुग्ने ठाउँ छ, न खान्की गतिलो छ, न सुरक्षा भरपर्दो छ, न स्वास्थ्य स्याहार सही छ । ज्यान खतरामा पर्दा न सुरक्षाकर्मी हाजिर छ, न स्वास्थ्यकर्मी । क्वारेन्टाइनवासीहरुलाई थुनेर ती कता हराउँछन्, अत्तोपत्तो छैन । गुनासो पोख्ने ठाउँ कतै छैन, गुनासो सुन्ने कोही छैन । अहो, त्यो अव्यवस्था, त्यो भद्रगोल, त्यो लापर्बाही ! भन्नलाई क्वारेन्टाइनको बास भनिएको छ, छनलाई खसोखास कालकोठरीको बासजस्तो छ ।

त्यो भद्रगोलाझ पाँच दिनसम्म युवक ठीकै थिए । तिनमा विषाणु संक्रमणको लक्षण एकरत्ती थिएन । कोठामा मुम्बइदेखि आएका हित्तचित्त मिलेका साथीको साथ थियो । तिनले बेलुका ८ बजे खाना खाए । र, ११ बजेसम्म बाहिर प्राङ्गणमा हावा खाएर बसे । त्यसबीच ती युवकले पत्नीसँग जेबी फोनमा बात मारे । तिनले एकअर्कालाई चनाखो रहन, महामारीबाट जोगिन भने । र, चाँडै भेट्ने आशा र बाचा गर्दै फोनमा ती बिदा भए । त्यसपछि ती युवक सुते । सुत्दा छेउको साथी सहीसलामत थियो, दुई बजेतिर बिउँझिँदा ऊ अधमरो भइसकेको रहेछ । उसले अनेक पटक उल्टी गरेछ । टाउको र पेट दुखेर ऊ गतिल भइसके छ । अताल्लिँदै सहारा खोज्दा कोही फेला परेन । सुरक्षा टोली कतै नेताको घरमा गएको थियो । स्वास्थ्य टोली कतै अलप भएको थियो । आपत्कालमा गुहार दिन तिनमध्ये कसैको फोन उठेन । यता ‘गुहार, मलाई औषधि, मलाई अस्पताल’ भन्दै बिरामीले दारुण चीत्कार गरे, उता चीत्कार सुन्ने कर्तव्य भएकाहरु बेपत्ताको बेपत्तै भए । यता कोठाका साथीले घिटिघिटी भएका साथीलाई पानी ख्वाउन खोजे । पानी निलिएन । जब बिरामीले प्राण त्यागे तब बल्ल स्वास्थ्यकर्मीहरुले दर्शन दिए । तिनले भने— सुरक्षा–पोशाक नहुँदा एम्बुलेन्सको चालक डरायो, र आउन मानेन । तिनले मृतकको नाडी छामे र एम्बुलेन्समा नेपालगन्ज लैजाने नाटक गरे ।

बस्, यसरी तरुण वयमै एक युवकको जीवन शेष भयो । धृष्ट शब्दमा भनुँ भने तिनलाई जानाजान मारियो । पतिको बाटो हेर्दै बसेकी पत्नी हठात् विधवा भइन्, चार वर्षको छोरो र दुई वर्षकी छोरी टुहुरा–टुहुरी भए । महामारीबाट बचाउन भनेर क्वारेन्टाइनमा कैद गरिएको थियो । कैद गरियो, र मानौँ मरे मरोस् भनेर बेवास्ता गरी मारियो । यसरी मार्ने कृत्यको जिम्मेवार को हो ? क्वारेन्टाइन व्यवस्थापन समति ? गाउँपालिका प्रमुख ? स्वास्थ्यकर्मी ? सुरक्षाकर्मी ?


बस्, यसरी तरुण वयमै एक युवकको जीवन शेष भयो । धृष्ट शब्दमा भनुँ भने तिनलाई जानाजान मारियो । पतिको बाटो हेर्दै बसेकी पत्नी हठात् विधवा भइन्, चार वर्षको छोरो र दुई वर्षकी छोरी टुहुरा–टुहुरी भए । महामारीबाट बचाउन भनेर क्वारेन्टाइनमा कैद गरिएको थियो । कैद गरियो, र मानौँ मरे मरोस् भनेर बेवास्ता गरी मारियो । यसरी मार्ने कृत्यको जिम्मेवार को हो ? क्वारेन्टाइन व्यवस्थापन समति ? गाउँपालिका प्रमुख ? स्वास्थ्यकर्मी ? सुरक्षाकर्मी ? नरैनापुर—५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य भन्छन्— ‘क्वारेन्टाइनमा गाईबस्तु हुलेजसरी राखेकाले धेरैलाई कोरोना सर्‍यो ।’ आखिर यसरी हुल्ने, आपसमा कोरोना सल्काउने र ती युवकलाई मार्ने को हो ? यो प्रश्न रैथाने परिवेशको घेरो नाघेर माथितिर पनि सोझिन्छ । प्रधानमन्त्री ओली थेगोतुल्य उत्तर दोहोर्‍याउँदै भन्लान्— ‘मलाई केही थाहा थिएन ।’ वास्तवमा यस्ता झिना–मसिना र व्यर्थका कुरा थाहा पाउन उनलाई न चाख छ, न फुर्सद छ । यो अव्यवस्था, यो उपेक्षा, यो लापर्बाही र यो हत्याबारे फाँटवाला स्वास्थ्यमन्त्री भानु के भन्दा हुन् ? कुन्नि, उनी कोरोना विषाणु नियन्त्रणमा विश्व कीर्तिमान कायम गरिँदैछ भनी स्वयंलाई सलामी टक्रयाउने धूनमै पो मगनमस्त होलान् कि  !

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्छन्— ‘युवकलाई बेलैमा अस्पताल लगिएको भए बचाउन सकिन्थ्यो ।’ लोकको प्रश्न छ— आखिर नलगेको कसले ? लाने जिम्मेवारी जसको हो, उसले न्यायको कठघरामा उभिएर यो प्रश्नको उत्तर दिनु पर्दैन ? ज्यानमारा अपराधमा उसले दण्डित हुनु पर्दैन ? मारिने युवकको जीवनको मूल्य राष्ट्रका महान् मनीषी केपी ओली, पीके दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भानुभक्त ढकालको जति त के हुँदो हो र ! तथापि भुसुनाको भन्दा किञ्चित् बढी त होला नै ! संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीको कथन छ– ‘क्वारेन्टाइनमा मान्छे मर्नु भनेको सिस्टम फेलियर हो ।’ डाक्टसाहेबको यो कथन सत्य हो भने फेलियर सिस्टमको सिंहासनमा बसेका संवेदनाशून्य जीवात्हरुलाई सिंहासनबाट धूलामा झार्नुपर्ने हो ! आफूजस्तै तरुण मारिएको दारुण दृश्य देख्दा हाम्रा जीवित तरुणहरु के सोच्दा हुन् ?

जति भने पनि यो कथा सकिँदैन । किनभने यो सारसउँदो जीवनको निर्मम हत्या गरिएको कथा हो । क्वारेन्टाइनमा थुनिएका युवकलाई जिउन त दिइएन नै, मारिएपछि पनि तिनको लिनुसम्म हुर्मत लिइयो । तिनको मानवीय गरिमाप्रति अट्टहास गर्दै तिनको अर्धनग्न शव दिनभरि खुला चउरमा अत्रपत्र छाडियो । आखिर मारिएको करिब १४ घण्टापछि बल्ल राप्तीको बगरमुनि तिनको शव सेलाइयो । तिनको खोस्रिखाने माटो र मुन्टो लुकाउने छाप्रो पहिले राप्ती नदीले निलेको थियो, अहिले आफ्नै माटो र घरको तिनको रङ्गीन सपनालाई पनि उही राप्तीको बगरले निल्यो !

 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.