शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबार कस्तो छ तपाईंको राशिफल ?

शुक्रबार, ०९ जेठ २०७७, ०७ : ००
शुक्रबार, ०९ जेठ २०७७

वि.सं.२०७७ साल जेठ ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० मे २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– औशी,४४ घडी ३० पला,बेलुकी ११ बजेर ०२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– कृतिका,५५ घडी २३ पला,रातको ०३ बजेर २३ मिनेट उप्रान्त रोहिणी । योग– शोभन,०४ घडी ४३ पला,बिहान ०७ बजेर ०७ मिनेट उप्रान्त अतिगण्ड । करण– चतुष्पद,बिहान १० बजेर २४ मिनेट उप्रान्त नाग,बेलुकी ११ बजेर ०२ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मेष,बिहान ०७ बजेर ५९ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी ५८ पला । शनि जयन्ति । वटशावित्री व्रत । अन्तर्राष्ट्रिय विविधता दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रीय समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलीले आफैलाई घाटा लाग्न सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईंले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग हर क्षेत्रमा रहने योग रहेको छ । तर पनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरु बीचमा छोड्नुपर्ने हुनसक्छ । समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । प्रेम प्रशङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

ईमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । अध्ययनमा प्रविधिको प्रयोग गरी प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्ण उपलव्धी हासिल गर्न सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ । व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदी बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पारिवारिक माहोलमा दिन वित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पतिपत्नी बीचको सम्वन्धको गाठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

स्वास्थ्यले साथ दिने हुँदा सहासी काम गर्न सकिनेछ । प्रविधिको प्रयोग गर्नाले अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महसुस हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा विचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनुहोला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाइने ग्रहयोग रहेको छ । दाजुभाईहरुसँगको सम्वन्धमा नयाँ पनको विकास हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । 

तपाईंको दिन शुभ रहोस् ।

यूवा ज्योतिषी डिपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र ।

चाबहील,काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन वनाउन,चिना हेराउँन तथा वास्तुसँग सम्वन्धीत जानकारिको लागी अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप