शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्का विरुद्ध लेख्ने भन्ने लेखकमा अन्यौलता : चैतन्य

मङ्गलबार, २० भदौ २०७४, ०८ : ३४
मङ्गलबार, २० भदौ २०७४

बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले अहिले प्रगतिवादी धाराको साहित्य लेखन, अध्ययन र चिन्तनमा मन्दी आएको बताएका छन् । राजनीतिक क्रान्ति पूरा भयो अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेर भ्रम सिर्जना गर्दा शत्रु र मित्र छुट्याउने समस्या देखा परेको बताउँदै लेखकहरूले अब कस्का विरुद्ध लेख्ने भन्ने जस्तो अन्यौलता पैदा भएको बताएका छन् ।

उनले भने, 'यो विचारमा आएको स्खलनता हो । यसका विरुद्ध इच्छुक सांस्कृतिक प्रतिष्ठानले योजनावद्ध अभियान चलाउनु पर्छ ।’ बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले इच्छुक सांस्कृतिक प्रतिष्ठानको छैठौँ प्राज्ञसभालाई  सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् । 

प्रतिष्ठानका संरक्षक समेत रहेका चैतन्यले भने, 
-आज नेपाली भाषासँगै नेपालका थुप्रै मौलिक राष्ट्रिय भाषाहरूमा आक्रमण भइरहेको छ । 
-भाषा लोप गराइनु भनेको संस्कृति पनि लोप गराउनु हो । 
-पारिवारिक नातामा समेत आङ्ग्रेजी भाषाको आक्रमणसँगै अभिजात वर्गीय भाषा र संस्कृतिको प्रभाव विस्तार गरिएको छ ।
-यसले नेपालीहरूको मौलिक भाषा, संस्कृति, साहित्य र कलालाई पनि प्रभावित गरिरहेको छ ।
-प्राज्ञिक अनुसन्धाताहरूले यसबारेमा ध्यान दिन जरुरी छ ।

प्रतिष्ठानका प्राज्ञ सदस्यलाई निर्देशन दिँदै चैतन्यले भने,
-प्रतिष्ठानको भवन निर्माणको महत्वपूर्ण हिस्सा पूरा भएको छ । 
-अब भवनमा मात्र जोड नगरेर प्राज्ञिक काममा बढि जोड गर्नु पर्छ । त्यसतर्फ तपाइँहरू लाग्नुहोस् । 
-प्राज्ञिक कामबाट प्रतिष्ठानलाई अगाडि बढाउनु पर्छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको आफ्नै प्रेक्षालयमा सम्पन्न भएको प्राज्ञसभाले कर्यसमितिका तर्फबाट प्रतिष्ठानका सदस्य सचिव हिरामणि दुःखीबाट प्रस्तुत आर्थिक बर्ष २०७३/०७४को वार्षिक कार्य प्रगति रिपोर्ट, चालु आव२०७४/०७५ का लागि वार्षिक कार्यक्रम र अनुमानित बजेट सहितको प्रतिवेदन केही सुझाव सहित सर्वसम्मतले पारित ग¥यो । 

सो अबसरमा गत आव २०७३÷०७४को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरिएको थियो । वार्षिक कार्यक्रम पारित गरेसँगै आगामि दुई वर्षे कार्यकालका लागि ११ सदस्यिय नयाँ कार्यसमिति पनि सर्वसम्तीबाट निर्वाचित गरियो । जस अनुसार अध्यक्षमा ईश्वरचन्द्र ज्ञवाली, सदस्य सचिवमा हिरामणि दुःखी, र सदस्यहरूमा प्रा.डा.जगदीशचन्द्र भण्डारी, प्रा.डा.ताराकान्त पाण्ड्ेय, प्रा.डा.गोपीन्द्र पौडेल, इस्माली, रोशन जनकपुरी, सीता शर्मा, गौरी दाहाल, सीता आचार्य र मित्रलाल पंज्ञानी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप