शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपुरका संक्रमित भारतको गुजरातबाट आएका थिए

शुक्रबार, ०९ जेठ २०७७, १२ : १४
शुक्रबार, ०९ जेठ २०७७

गण्डकी प्रदेशको नवलपुर जिल्लामा आज पुष्टि भएका कोरोनाभाइरस संक्रमित जेठ १ गते भारतको गुजरातबाट नेपाल आएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । विनय त्रिवेणी गाउँपालिका–६ का ४५ पुरुष नेपाल छिर्ने बेलामा सुस्ताको बोधी नगरमा रहेको क्वारेन्टाइनमा दुई दिन बसेर उच्च ज्वरो आएपछि एम्बुलेन्स चढेर आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबाट नतिजा आए लगत्तै उनलाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको बताइएको छ । 

उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी गरि स्वाव परिक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनीसँग सम्पर्कमा रहेकाहरुलाई सम्पर्कमा आउनका लागि आह्वान समेत गरिएको । नवलपुरबाट उनीसँगै ३१ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको बताइएको छ ।  

योसँगै गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या पाँच पुगेको छ । ती मध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप