बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीसहित प्रदेश सांसद र पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन

शुक्रबार, ०९ जेठ २०७७, १५ : ०२
शुक्रबार, ०९ जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित, प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, सञ्चारकर्मीलगायतको शुक्रबार स्वाब संकलन गरिएको छ । 

 यही जेठ १३ गते सुदूरपश्चिम प्रदेशसभाको बैठक संचालन गरिन लागिएको र कोभिड–१९ को संक्रमणबाट जोगिनका लागि सम्बद्ध सबैको स्वाब संकलन गरिएको हो । 

संकलन गरिएको स्वाव आजै पीसीआर मेसिनबाट जाँच गरिने प्रदेशसभाका सचिव राम सिंह धामीले रातोपाटीलाई जानकारी दिए । स्वाब संकलनका क्रममा २ जना प्रदेशसभा सदस्य भने अनुपस्थित रहेको जनाइएको छ ।
 यही १३ गते बस्ने प्रदेशसभाको बैठकमा सामाजिक दुरी कायम गर्दै बस्न थालेको सचिव धामीले जानकारी दिए । 

सुदूरपश्चिम प्रदेश कोभिड–१९ को उच्च जोखिममा भएको उल्लेख गर्दै उनले बैठक बस्नुअघि सबै स्वास्थ्य तयारी पूरा गरी बैठक संचालन गरिने बताए ।

 आज गरिएको स्वाब संकलन पनि बैठककै सुरक्षा सतर्कताका लागि गरिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप