शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२ वटा कार चोरीमा संलग्न पक्राउ

शुक्रबार, ०९ जेठ २०७७, १५ : ३६
शुक्रबार, ०९ जेठ २०७७

कैलालीको धनगढीबाट दुईवटा कार चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

 पक्राउ पर्नेमा दाङको तुल्सीपुर स्थित न्युरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका १ बसन्तटोल नबिन सार्की रहेको प्रहरीले जनाएको छ । 

अभियुक्तले जेठ ३ गते राति धनगढी उपमहानगरपालिका ४ स्थित उत्तरवेहडी बस्ने राजेन्द्र बहादुर मल्लको घर अगाडि राखेको बा .८ च २१०० नम्वरको कार र जेठ ७ गते रविन्द्र भट्टको बा १४ च ४७८१ नम्वरको कार चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनीसँगै अन्य व्यक्तिहरुको पनि संलग्नता हुन सक्ने तथा यसअघि पनि उनी विभिन्न अपराधमा मुछिइसकेको खुल्न आएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप