कोरोनाकालमा क्रिकेट – हात धुन पनि ब्रेक, बल चम्काउन थुक र पसिना प्रयोग निषेध
कोरोना भाइरस महामारीका बाबजुद आजबाट पूर्वी क्यारेबियन देश सेन्ट भिन्सेन्ट र द ग्रेनेडाइन्समा भिन्सी प्रिमियर टी १० लिग प्रतियोगिता (विपिएल) सुरु हुँदैछ ।
यो ३१ मईसम्म खेलिनेछ । यस प्रतियोगितामा दर्शक पनि खेल हेर्नका लागि आउन पाउनेछन् ।
प्रतियोगितामा सबै ६ टिमले १० दिनमा २८ खेल खेल्नेछन् । हरेक दिन ३ म्याच खेलिनेछ । फ्यानकोड एपमार्फत नेपाली समयअनुसार साँझ ६ बजेर १५ मिनेट जाँदा खेलको प्रत्यक्ष प्रशारण सुरु हुनेछ ।
६ वटा टोलीबाट खेल खेलमा ७२ जना खेलाडी सहभागी छन् । यसका लागि ११ मेइमा लिलामी प्रक्रिया टुंगिएको थियो । लिगमा वेस्टइन्डिजका सुनिल अम्बरीस, केसरिक विलियम्स र ओबेड म्याकाय समेत ६ अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुनेछन् ।
कोभिड–१९ महामारीका कारण प्रतियोगितामा बललाई चम्काउनका लागि थुक र पसिनाको प्रयोगमा प्रतिबन्ध हुनेछ । भर्खरै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेटमा थुकको प्रयोगमा रोक लगाउन सिफारिस गरेको थियो ।
प्रतियोगितामा सबै टिमका लागि अलग्गै ड्रेसिङ रुमको व्यवस्था हुनेछ । आयोजक सेन्ट भिन्सेन्ट तथा ग्रेनेडाइन्स क्रिकेट एशोसियसन (एसभिजिए) का अध्यक्ष किशोर शालोका अनुसार खेलाडीलाई हात सेनिटाइज गर्नका लागि छोटो ब्रेकको व्यवस्था हुनेछ । यद्यपी, खेलाडीले खेलका दौरान समर्थकसँग भेट्न भने पाउने छैनन् ।
शालोका अनुसार दर्शकमाथि रंगशाला छिर्न प्रतिबन्ध छैन । तर उनीहरुलाई टाढाटाढा राख्ने व्यवस्था मिलाइएको छ । ‘कोरोना भाइरस फैलिरहेको समय यो म्याच भइरहेको छ । यस्तोमा रंगशालामा धेरै दर्शक आउने आशा छैन । हामीले आएका दर्शकहरुलाई टा–टाढा राख्ने व्यवस्था गरेका छौं,’ शालोले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति