बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको गाउँमा परीक्षण गरे जतिको रिपोर्ट नेगेटिभ

शुक्रबार, ०९ जेठ २०७७, २१ : ४१
शुक्रबार, ०९ जेठ २०७७

 गुल्मी । कोरोना संक्रमणको रिर्पोट पोजिटिभ आएको र उपचारका क्रममा रुपन्देहीको क्रिमशन अस्पतालमा विहिबार मृत्यु भएका गुल्मीका शिक्षकको गाउँका परिक्षण गराए जति सबैको रिर्पोट नेगटिभ आएको छ ।

 
शिक्षकको गाउँ मदाने गाउँपालिका वडा नम्वर ५ पुर्कोटदह पुगेर  स्वास्थ्य कार्यालय गुल्मी र प्रदेशको टोलीले  ती शिक्षकका परिवार,  उनले सुरुमा परिक्षण गराएको  स्वास्थ्य संस्था , र उनी संग सम्पर्कमा रहेका ३० जनाको स्वाब  संकलन गरि  प्रयोगशालामा पठाएको थियो ।

 ती मध्ये ५ जनाको परिक्षण गर्न बाँकी रहेको र परिक्षण भई सकेका २५ जना सबैको रिर्पोट नेगटिभ आएको त्यस कार्यालयका प्रमुख डाक्टर भवानी प्रसाद शर्माले जानकारी दिए ।  ति शिक्षकको घरमा मजदुरी गर्ने पाँच जना दोश्रो चरणको परिक्षणमा परेका छन् । 


त्यस घरका परिवार ,  डेरा गरि बस्नेहरु , उनलाई स्वास्थ्य  उपचार गराएका स्वास्थ्यकर्मी सहित  २५ जनाको रिर्पोट नेगेटिभ आए पछि मदाने गाउँपालिका परिवारले खुशी प्रकट गरेका छन् । 

आफु  सबै जनाको नेगटिभ रिर्पोट आउनेमा  बिश्वास रहेको त्यस गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए ।

उता सन्धीखर्कस्थित ती शिक्षकले दोश्रो पटक उपचार गराएको छाया पोलिक्लिनकका​ पनि सबै जना स्वास्थ्यकर्मीको रिपोर्ट बिहीवार नेगटिभ आइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप