बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुनलाई उपलब्ध गराइयो नेपालको नयाँ नक्सा

शुक्रबार, ०९ जेठ २०७७, २२ : ५५
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री पद्‍माकुमारी अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा प्रदान गरेकी छिन् ।

शुक्रबार साँझ उपराष्ट्रपति भवन, हरितगृहमा मन्त्री अर्यालले नेपालको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सम्माननीय उपराष्ट्रपतिलाई प्रदान गरेकी हुन् ।  सो अवसरमा उपराष्ट्रपति पुनले नेपाली जनताका लागि गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि सरकारलाई धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप