केन्द्रीय संस्करण

चार किरियापुत्रीसहित ३७८ जनाको उद्धार

person explore access_timeजेठ ९, २०७७ chat_bubble_outline0

बैतडी । किरियापुत्रीसहित सीमानाका झुलाघाटबाट ३७८ को आज उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित सो सङ्ख्यामा सीमानाका झुलाघाटबाट उद्धार गरिएको हो । उद्धार गरिनेमा बैतडीका १६२, बझाङका १००, बाजुराका ३०, अछामका तीन, डडेल्धुराका पाँच, दार्चुलाका ११ र कञ्चनपुरका ६ जनासहित १२ जिल्लाका नागरिक रहेका छन् ।  

सीमा नाकामा सामान्य चेकजाँच मात्रै गरेर नेपाली नागरिकलाई स्वदेश ल्याइएको हो । सीमा नाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्ला पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । यसअघि गत वैशाख १८ गते पनि झुलाघाट नाकाबाट नेपालीको उद्धार गरिएको थियो । 

यसैबीच सीमानाका झुलाघाटबाट ११ भारतीय नागरिक पनि स्वदेश फर्केका छन् । नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आआफ्ना देशमा आवतजावत गर्न दिइएको हो । दश  दिनदेखि भारतीय क्वारेन्टाइनमा बसेर किरिया गरिरहेका चार जनाले आज मात्रै स्वदेश फर्कन पाएका छन् ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.