शनिबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पुन) कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारिरहेको छ ।
साथै, अहिले देशका पश्चिमी पहाडी भागमा, मध्य र पूर्वी भागमा सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, शबिार दिउँसो भने देशको मौसम पश्चिमी पहाडी भाग, मध्य र पूर्वाी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।
त्यस्तै, मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शनिवार राति भने देशभरी नै सामान्य बदली हुनेछ । भने, मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा