शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण भएपछि...

शनिबार, १० जेठ २०७७, ०८ : २०
शनिबार, १० जेठ २०७७

भक्तपुर – एक महिला जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाइएको छ ।

भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।

भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको सोही वडाका  वडाअध्यक्ष रविन्द्र ज्याख्वाले रातोपाटीलाई जानकारी दिएका छन् । 

वडाअध्यक्ष ज्याख्वाले भने, ‘उहाँको पीसीआर रिपोर्टमा पोजेटिभ आएको छ, हामीले उहाँको टोल वरपर सिल गर्ने तयारी गरेका छौं ।’

उनी उपत्यकाबाहिर पनि नगएको र कसरी संक्रमण भयो भन्ने अन्योलमा रहेको समेत वडा अध्यक्षले बताएका छन् । 

संक्रमितलाई शुक्रबार राति नै पाटन अस्पताल लगिएको छ भने परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ । उनीहरुको समेत परिक्षण गर्ने तयारी भइरहेको वडा अध्यक्षले बताए । 

वडा अध्यक्षलगायतका अन्य जनप्रतिनिधि भने क्वारेन्टाइनमा बसेका छन् । 

शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।

महानगरीय प्रहरी वृत्त  जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले संक्रमित जनप्रतिनिधिको घर, टोलमा सिल गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप