शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राँगाको आक्रमणबाट रौतहटमा महिलाको मृत्यु

शनिबार, १० जेठ २०७७, ०८ : ४४
शनिबार, १० जेठ २०७७

रौतहट – रौतहटको पूर्वीभेग बृन्दावन नगरक्षेत्र अन्तर्गत राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो । 

अन्य तीनजना महिलासंग वनबाट  दाउरा ल्याउँदै गर्दा  शुक्रबार साँझ एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा पाश्वानको ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रौतहटको पूर्वीभेग वनबाट जोडिएको सर्लाहीका तस्करहरुले वनबाट काठ तस्करी गर्न राँगाहरु प्रयोग गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप