जुम्लामा ४०५ जनाले गरे कोरोना बीमा
जुम्लामा ४०५ जनाले कोरोना बीमा गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनी जुम्लाले ल्याएको यो विशेष योजनामा चारसय पाँच जनाले बीमा गरेका इन्स्योरेन्सका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले जानकारी दिए ।
बीमा गर्नेमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहरा, तिला गाउँपालिका उपाध्यक्ष बिष्णुमाया बुढा, सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटा, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दसहित चार सय पाँच जना रहेको उनले बताए ।
अहिले कोभिड–१९ (कोरोना भाइरस) रोकथामको अभियान संचालन भइरहेको समयमा शिखर ननलाइफ इन्स्योरेन्सले ल्याएको कोरोना बीमा अभियानमा मानिसहरु आकर्षित हुन थालेका छन् ।
कोरोनाका कारण केही दुर्घटना भइहालेमा सो प्याकेज अगाडि सारिएको छ । यसैगरी रु छ सयमा परिवारको रु एक लाखको बीमा गर्न सकिने इन्स्योरेन्सले जनाएको छ । यसैगरी प्रति व्यक्ति रु एक लाखको रु एक हजारले बीमा गर्न सकिनेछ । यस अघि इन्स्योरेन्सले जुम्लामा कृषि वाली, स्याउका बिरुवाको समेत बीमा गर्दै आएको छ । यसैगरी हुम्लामा २६ जना, कालिकोट २२ जना र डोल्पामा १५ जनाले थप कोरोना बीमा गरेको जानकारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'