शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा ४१३८ जनामा कोरोना परीक्षण गर्दा १० जनामा पुष्टि

शनिबार, १० जेठ २०७७, १३ : १३
शनिबार, १० जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा पीसीआर विधिवाट ४ हजार १३८ जनामा कोरोनाभाइरस (कोभिड–१९) भए–नभएको जाँच गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।

 परीक्षण गरिएका ४ हजार १३८ मध्ये शुक्रबार मात्र ५ जना पुरुषमा कोभिड–१९ पोजिटिभ पुष्टि भएको थियो भने यसअघि पनि  ५ जनामा पोजिटिभ पुष्टि भइसकेको थियो । 

शुक्रबार कैलालीको जानकी गाँउपालिका बस्ने वर्ष १९, २३ र २६,का ३ जना,  डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका २८ वर्षीय १ जना र बैतडी शिवनाथ गाउँपालिकाका २२ ,वर्षीय १ जना गरी ५ जनामा पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले  जानकारी दिए । 

पोजिटिभ देखिएकाहरुको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताए ।

 यसअघि पोजेटिभ देखिएका ५ जना भने उपचार पछि निको भइ घर गइसकेको उनले वताए ।

 स्वाव संकलन ४३६४ जनाको गरिएको र ४१३८ जाँच भएको हो ।  अझै २२६ जनाको स्वाबको नतिजा आउन बाँकी रहेको कार्कीले बताए । हालसम्म आरडीटी १९ हजार ८३२ जनामा जाँच भएको छ । १९ हजार ८१२ जनामा नेगेटिभ छ भने २० जनामा पोजिटिभ नतिजा छ ।

 पोजिटिभ सबैको पिसिआर विधिवाट जाँच भइरहेको छ । पोजिटिभ २० जनालाई सेती प्रदेशिक अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जानकारी दिएको छ । 

यस्तै संकास्पद थप २३ जना पनि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् भने अस्पताल अछाममा ३, डोटी र बैतडी अस्पतालमा समेत एक एक जना रहेका छन् । 

यस्तै यो प्रदेशमा ३४८१ पुरुष र  ४०६ जना क्वारेन्टाइनमा बसिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप