बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भरुवा बन्दुकसहित २ जना पक्राउ

शनिबार, १० जेठ २०७७, १७ : ३२
शनिबार, १० जेठ २०७७

गोरखा । भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । 
  
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आरुघाट गएको प्रहरीको टोलीले धार्चेको वडा नं ६ यार्साका ५० वर्षीय मनु घले र उनका छोरा २० वर्षीय नोउबहादुर घलेलाई पक्राउ गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप