यसकारण मध्यरातमा दुर्घटना परेको थियो पूर्वयुवराज पारस शाह सवार गाडी
पोखरा । राजतन्त्रको अन्त्य भए पनि पूर्वराजपरिवारको चर्चा भइरहन्छ । कहिले के, कहिले के ! अनेक हर्कतका कारण राजपरिवारको चर्चा भइरहेकै हुन्छ ।
शनिवार बिहानदेखि पूर्वयुवराज पारस शाहको चर्चा सामाजिक सञ्जालमा जताततै भाइरल भइरहेको छ ।
पूर्वयुवराज पारस शाह चढेको गाडीले गएराति पोखराको मुख्य बजार केन्द्र पृथ्वीचोकमा छाडा गोरुलाई ठक्कर दियो । गाडीको ठक्करबाट गोरु मरेको छ ।
पूर्वयुवराज पारस शाहलाई मध्यरातमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनका सहयोगीहरुले उपचारको लागि गण्डकी अस्पतालतर्फ लैजाँदै थिए । तीब्र गतिमा हुइँकिएको पूर्वयुवराजको गाडीले अनियन्त्रित भइ गोरुलाई ठक्कर दिन पुगेको थियो ।
राति करिब २ बजेको समयमा यस्तो घटना घटेको थियो । गाडीमा पूर्वयुवराज पारस सहित ३ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर नरहरि अधिकारीका अनुसार गाडीमा सवार तीनै जनाले मादक पदार्थ या नशाजन्य अन्य कुनै बस्तु सेवन भने नगरेकाे पाइएको छ।
‘उहाँको स्वास्थ्यमा समस्या देखिएछ । त्यसपछि उपचार गराउनको लागि गण्डकी अस्पताल जाँदै गर्दा यस्तो घटना घट्यो,’ उनले भने, ‘अहिले सवारी चालकलाई नियन्त्रणमा लिएका छौं ।’ दुर्घटना गराउने चालक पूर्वयुवराजका निजी चालक भने होइनन् ।
बा १४ च २१३१ नम्बरको गाडीले यो दुर्घटना गराएको थियो । अहिले गाडीमा सवार तीनै जनालाई केही भएको छैन । गाडीमा भने सामान्य क्षति पुगेकाे बताइएको छ । बिहानभर पानी परेको हुँदा गोरुलाई भने दिउँसोपख मात्रै सडकबाट उठाइएको थियो । लामो समयदेखि पारस पोखरामै बस्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !