आत्महत्या गरेका हमालको युएईमा अन्त्येष्टि
शनिबार, १० जेठ २०७७, २१ : ०४
युएई । गत एक महिनाअघि आत्महत्या गरेका डडेल्धुरा डोटोधटालका रोशन कुमार हमालको युएईमा अन्त्येष्टि गरिएको छ।
पाँच महिनाअघि भिजिट भिसामा युएई आएका हमालले गत अप्रिलको दोश्रो साता झुन्डिएर आत्महत्या गरेका थिए । उनको शव हिन्दु परम्परागत अनुसार आज दुबईमा अन्त्येष्टि गरिएको हो।
नेपालको हवाई उडान बन्द भएसँगै हमालको शव नेपाल लैजान सकिएको थिएन। नेपालबाट परराष्ट्र मन्त्रालय मार्फत मृतकका परिवारले अन्त्येष्टि गर्न अनुमति दिएको थियो।
नेपाली दुतावास अबुधाबी र सुदुरपश्चिम सेवा समाजको सहयोगमा हमालको अन्त्येष्टि सम्पन्न भएको संस्थाका महासचिव दानसिंह महरा (दिनेश)ले रातोपाटीलाई बताए।
आफ्नै दाई राम हमालसँग दुबईमा बस्दै आएका रोशनले किन आत्महत्या गरे भन्नेबारे कुनै जानकारी आउन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम