बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनापछि न्यूयोर्कमा सय भन्दा कमको मृत्यु

आइतबार, ११ जेठ २०७७, ०७ : ०२
आइतबार, ११ जेठ २०७७

यसवर्ष मार्च महिनापछि पहिलो पटक न्यूयोर्कमा कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रू कूमाले पछिल्लो २४ घण्टामा यहाँ ८४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । यस्तै शनिबार यहाँ १०८ को मृत्यु भएको थियो ।

पूरा अमेरिकाभरी न्यूयोर्क सर्वाधिक प्रभावित राज्य थियो । अप्रिलमा यहाँ एकैदिन एक हजारभन्दा बढीको मृत्यु भएको थियो ।

न्यूयोर्कमा कोरोनाभाइरसका संक्रमित पक्कै पनि कम भएका छन् तर अमेरिकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार १६ लाख ६६ हजार ८ सय २८ को मृत्यु भएको छ भने ९८ हजार ६ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप