शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले गल्फ खेल्दा चर्कियो विवाद

आइतबार, ११ जेठ २०७७, ०८ : ३३
आइतबार, ११ जेठ २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले महामारीका बेला गल्फ खेलेको भन्दै विवाद सुरु भएको छ ।

उनी पछिल्लो ७५ दिनमा पहिलो पटक आफ्नो नीजि गल्फ कोर्समा खेल्न गएका थिए ।

शनिबार बिहानै वासिङ्टन डिसीमा पत्रकारले राष्ट्रपति ट्रम्पलाई सेतो पोलो सर्ट र सेतो बेसबल क्यापसहितको गल्फ पहिरनमा देखेका थिए । ह्वाइट हाउस छोड्नुअघि उनी कता जान लागेको केही खुलासा गरिएको थिएन । राष्ट्रपतिसँगै भएका सिक्रेट सर्भिस एजेन्टले मास्क लगाइरहेको देखिएका थिए भने ट्रम्पले भने आफ्नो अनुहार ढाकेका थिएनन् ।

पछि उनलाई भर्जिनियास्थित स्टेरलिङमा आफ्नो नीजि गोल्फ क्लबमा खेलिरहेको देखियो ।

तत्पश्चात् विवाद निम्तिएको हो ।

सन् २०१६ मा आफ्नो चुनावी अभियानमा ट्रम्पले आफ्ना समर्थकलाई भनेका थिए, ‘म तपाईँहरुका लागि काम गर्नेछु । मसँग गल्फ खेल्नका लागि समय हुनेछैन ।’

यद्यपि, राष्ट्रपतिको रुपमा चयन भएपछि ट्रम्पले दुई सय बढी पटक गल्फ खेलिसकेका छन् । पछिल्लो पटक उनले मार्च महिनामा गल्फ खेलेका थिए । मार्च महिना देखि नै अमेरिकामा कोरोनाभाइरसले ताण्डव मच्चाउन सुरु गरेको हो ।

जब बराक ओबामा राष्ट्रपति थिए तब ओबामाले गल्फ खेल्नमा आफ्नो अत्यधिक समय व्यतीत गरेको भन्दै ट्रम्पले आलोचना गरेका थिए ।

शनिबार जब उनी गल्फ खेल्नका लागि भर्जिनियाको यात्रामा निस्किए, उनले सन् २०१४ मा गरेको ट्वीट पुनः चर्चामा आयो ।

 

त्यतिबेला उनले लेखेका थिए, ‘न्यूयोर्क सिटीमा इबोलाको आकस्मिक सुरुवातको विषयमा राष्ट्रपति बराक ओबामाले विभिन्न देशबाट आएका व्यक्तित्वसँग बैठक बस्नु पर्दथ्यो तर उनले भने गल्फ खेल्ने निर्णय गरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप