शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऊहानको प्रयोगशालामा भेटियो चमेरोमा तीन प्रकारको कोरोनाभाइरस

आइतबार, ११ जेठ २०७७, १२ : २७
आइतबार, ११ जेठ २०७७

चीनको ऊहानस्थित भाइरोलोजी इन्स्टिच्युटमा चमेरोमा पाइने भाइरसका तीन सजीव प्रजाति भेटिएको तर संस्थानका निर्देशकले यीमध्ये कुनै पनि भाइरस संसारभरी विध्वंश मच्चाउने भाइरससँग मेल नखाने बताएका छन् ।

वैज्ञानिकले कोभिड–१९ को सुरुवात ऊहानबाट भएको र यो भाइरस सुरुमा चमेरोमा देखिएको र त्यसपछि कुनै स्तनधारी जनावर मार्फत् मानिससम्म पुगेको बताइन्छ ।

समाचार एजेन्सी एएफपीका अनुसार ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीका निर्देशक वाङ्ग यान्यीले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँग यो भाइरस ऊहानको कुनै सेन्टरबाट फैलिएको भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य व्यक्तिको दाबीलाई पूर्ण रुपमा मनगढन्ते भएको बताएका छन् ।

मे १२ मा रेकर्ड गरिएको यो अन्तरवार्ताको प्रशारण शनिबार भयो जसमा वाङ्ग यान्यीले सेन्टरमा चमेरोमा केही कोरोनाभाइरसको पहिचान गरिएको बताएका छन् ।

उनले भने, ‘अहिले हामीसँग तीन प्रकारको भाइरस छन् । तर सार्स–कोव–२ (कोरोनाभाइरस) सँग उनीहरुको ७९.८ प्रतिशत मात्रै मेल खाइरहेको छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप