बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँको म्याग्देमा करेन्ट लागेर १ महिलाको मृत्यु

आइतबार, ११ जेठ २०७७, १२ : ५३
आइतबार, ११ जेठ २०७७

तनहुँ । म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा डेरा गरी बस्ने एक महिलाको घाँस काट्ने क्रममा आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको मृत्यु भएको हो । 

रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो । शव दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप