सिरहामा १ क्विन्टल गाँजा बरामद
आइतबार, ११ जेठ २०७७, १४ : १०
लहान । नेपाल प्रहरीको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिकाबाट गाँजा बरामद गरेको छ । प्रहरी चौकी भगवानपुरबाट खटिएको सो टोलीले चारवटा बोरामा प्याकिङ गरेको एक क्विन्टल लागुऔषध गाँजा आज बिहान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
बरामद गाँजा इलाका प्रहरी कार्यालय लहानमा राखिएको र फरार व्यक्तिको खोजी कार्य जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण