शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिसहोममा आजदेखि फिल्म ‘धुलो’ प्रदर्शन

आइतबार, ११ जेठ २०७७, १५ : १६
आइतबार, ११ जेठ २०७७

काठमाडौं । गत वर्षको फागुनमा सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘धुलो’ डिसहोमबाट पनि रिलिज भएको छ । लकडाउनका कारण घरमै बसेकाको लागि  समय बिताउन सजिलो होस् भन्ने हेतुले फिल्म आइतबारबाट डिसहोममा रिलिज गरिएको हो । 
रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको फिल्म प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् । 
बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको मुख्य भूमिकामा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिका छ ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा रामजी लामीछानेले कोरियोग्राफी गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप