बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणमा सफल भएका छौँः मुख्यमन्त्री गुरुङ

आइतबार, ११ जेठ २०७७, १६ : १७
आइतबार, ११ जेठ २०७७

पोखरा । गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन सुरु भएको छ । पोखराको नदीपुरमा रहेका सभाहलबाट संचालन भइरहेको प्रदेशसभा आइतबारबाट भने पोखरा सभागृहबाट सुरु भएको हो ।

 नदीपुरमा रहेको हलमा सोसियल डिस्टेन्स कायम गर्न नसकिने भन्दै सभालाई पोखरा सभागृहमा संचालन गरिएको बताइएको छ । 

पोखरा सभागृहको पुनःनिर्माण गरि बर्षे अधिवेशन संचालन गरिएको हो । सभा संचालन अगाडि  प्रदेशसभा सदस्यहरुको पिसिआर टेष्ट गरिएको र सबै प्रदेश सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रदेश सभामा उठेका विषयहरुमाथि प्रष्ट पार्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले कोरोना नियन्त्रणका लागि प्रदेश सरकार तदारुपताको साथ लागि गरेको बताएका छन् । 

उनले कोरोना नियन्त्रणको लागि प्रदेश सरकार सफल भएको बताएका छन् ।  ‘कोराना संक्रमण देखिएको कारण मात्र हाम्रो योजनाहरु सबै पुरा हुन पाएनन् । हामीले यो बिचमा पनि केहि योजना संचालन गरिरहेका छौँ । मुक्तिनाथको आदर्शवादले पनि हाम्रो प्रदेशमा कोरोना नलागेको होला । तर मुक्तिनाथको मायाले मात्र नभएर प्रदेश सरकारको तयारीको कारणले पनि कोरोना नियन्त्रण गर्न सफल भएका छौँ । हाम्रो तयारी हुँदाहुँदै पनि बाहिरबाट आएका व्यक्तिहरुको कारणले गर्दा कोरोना महामरीमा ग्रीन जोन कायम गर्न सकिएन । तर पनि कोरोना नियन्त्रणका लागि कुनै कसर नराखी काम गरिने छ । राष्ट्रिय मापदण्ड अनुसारको क्वारेन्टाइन निर्माणको लागि पनि लागि परिरहेका छौँ । क्वारेन्टाइनहरुको निरीक्षणका लागि म आँफै जिल्ला जिल्लामा पुगेँ । प्रदेश सरकारकै पहलमा प्रदेशमा प्रयोगशाला निर्माण भएको छ । आजको दिनमा हामीसँग दुई वटा पिसिआर मेशिन छ । थप एक ल्याउने तयारीमा छौँ । हामीले आगामी दिनको पनि आकलन गरेर तयारी गरेका छौँ । सुरुको चरणमा डव्लु एचको मान्यता प्राप्त सामाग्रीहरु नआएको कारण केहि समस्या परेको कुरा भने सत्य हो ’ मुख्यमन्त्री गुरुङले भने । 

मुख्यमन्त्री गुरुङका अनुसार बजार अनुगमनलाई पनि उत्तिकै तिव्रता दिइएको छ । उनले गण्डकी प्रदेशमा खाद्यन्न सामाग्रीहरुको आयत निर्यातमा कुनै पनि समस्या नभएको बताएका छन् । गुरुङले प्रदेशदेखि स्थानिय तहसम्म सचेततापुर्वक कोरोना नियन्त्रणमा लागेको बताए । 

गुरुङले फागुन मशान्तसम्म सबै योजनाहरु उत्साहको साथ सम्पन्न भएको बताएका छन् । गुरुङका अनुसार केहि योजनाहरु लकडाउनको अवधीमा पनि संचालन भएको छ । 
मुख्यमन्त्री गुरुङ कोरोना संक्रमण देखिएका सवै विरामीको उपचार प्रदेश सरकारले प्रतिवद्धता व्यक्त गरेका थिए । अग्रमोर्चामा खटिएर कामगर्ने कर्मचारीलाई ३० लाखको स्वास्थ्य बिमा गर्ने जानकारी पनि मुख्यमन्त्री गुरुङले बताएका छन् ।  गण्डकी प्रदेशमा एक सय वेडको आइसोलेसन वेडको तयारी गरेको बताए । गुरुङले गण्डकी प्रदेश विश्व बिद्यालयमार्फत पाँच सय वेडको टिचिङ अस्पताल खोल्ने जानकारी गराए ।
मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण अवस्व यस्तै रह्यो सोसियल डिस्टेन्स कायम गरेर बिकास निर्माणका आयोजनाहरुलाई संचालन गर्ने बताएका छन् ।

सम्बोधनको अन्त्यमा केपी ओली जति राष्ट्रबादी कोहि नभएको दावीसमेत गर्दै उनले सरकारले नयाँ नक्सा जारी गरेर धेरै राम्रो काम गरेको बताए  । प्रतिपक्ष दलहरुप्रति नरम बन्दै उनले सबै राजनीतिक दलप्रति आभार व्यक्त गर्दै राष्ट्रियताको पक्षमा एक ठाउँमा उभिएकोमा धन्यबाद दिएका थिए । 

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले कोरोना भाइरसको नियन्त्रण गण्डकी प्रदेशको चुनौती रहेको बताएका छन् । ‘हिउँदे अधिवेशनमा उठाएका केहि विषयहरु आजसम्म पनि सम्बोधन नभएको हुदा उक्त कुराहरु सम्बोधन होस भन्ने चाहन्छौँ ।यदि ति विषयहरु सम्बोधन नभए । नेपाली काँग्रेस संसदीय दलले कडा कदम चाल्ने कुरा जानकारी गराउन चाहन्छु । कोरोना संकटको बेलासँगै हिड्न सकिन्न भनेर हामी अगाडी बढिरहेका छौँ । कोरोनामा मारमा परेका सवैलाई राहत पुग्ने प्याकेज घोषणा गर्न प्रदेश सरकारलाई अनुरोध गर्न चाहन्छु । ’ नेपालीले बताए । उनले प्रदेशमा रहेका सवै राजनीतिक दललाई एक भएर कोरानाको बिरुद्ध लड्न आग्रह गरेका थिए । 
प्रतिपक्षी दलका नेता नेपालीले सरकारले समय हुँदाहुँदै पनि प्रदेश सरकारको तयारी नभएको आरोप लगाएका छन् । नेपालीले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले छुट्टै अस्पताल बनाउन नसकेको कारण धेरै बिरामीहरुले दुख खेप्नु परेको आरोप लगाए । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले के गरिरहेको छ भन्ने कुराको जानकारी गराउनका लागि उनले प्रदेश सरकारलाई आग्रह गरेका थिए । उनले यस्तो संक्रमणको समयमा पनि स्वास्थ्य सामाग्रीमा भष्ट्राचार हुनु र सांसद अपहरण हुनु दुखत भएको बताएका छन् । 

नेपालीले कुटनीतिक पहलबाट सिमा समस्या हल गर्नका लागि आग्रह गरेका छन् । नेपालीका अनुसार नेपाली काँग्रेसले २२ बुँदे सुझावपत्र बुझाएकोसमेत जानकारी गराएका थिए ।

   आइतबारबाट सुरु भएको वर्षे अधिवेशनमा बोल्दै समाजवादी पार्टीका संसद हरिशरण आचार्यले कोरोनाको महामारीमा पनि भ्रष्टाचार बढेको भन्दै खेद प्रकट गरेका थिए । ‘यस्तो संकटमा पनि भ्रष्टाचार हुनु खेदजनक कुरा हो । पार्टीको नाम कम्युनिष्ट राखेर अहिलेको सरकारले लोकतन्त्रमाथि निरन्तर धावा बोलिरहेको छ । यो समय कसैलाई आरोप प्रत्यारोप गरेर नभई सबै एकै ठाउँमा जम्मा भएर राष्ट्रिय कायम गर्न जरुरी छ ।’ आचार्यले भने ।

संसदमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले नयाँ लेण्डुप दोर्जे जन्मिने खतरा बढेको बताए । ‘ सरकारले नक्सा जारी गर्ने काम गरेर सह्रानिय काम गरेको छ । कोभिड १९ को उपचारका लागि भनिएको स्वास्थ्य सुधार्नुपर्ने आवश्यक रहेको छ । सिमानामा रहेका नागरिकहरुलाई देश ल्याउन अनुरोध गर्दछु । परिक्षणको दायरालाई नबढाउदासम्म यो रोगलाई नियन्त्रण गर्न सकिन्न । त्यसैले पिसिआर टेष्टको दायरा बढाउन जरुरी छ । ’ थापाले भने ।  थापाले प्रदेश सरकारले बिभिन्न समितिले दिएको सुझाब नमानेको आरोप पनि लगाएका छन् । 

गण्डकी प्रदेशको अर्को बैठक जेठ १३ गते १ बजे बस्ने गरेर सकिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप