विपद् व्यवस्थापन गणको पूर्वतयारी
आइतबार, ११ जेठ २०७७, १७ : १२
कोरोनाभाइरसको प्रकोप बढेसँगै नेपाली सेना २ नम्बर विपद व्यवस्थापन गण चितवनले व्यवस्थापनसम्बन्धी पूर्वतयारी अभ्यास गरेको छ ।
नागरिकलाई विभिन्न किसिमबाट आइपर्ने प्राकृतिक विपत्तिबाट बचाउने उद्देश्य स्वरुप गठन भएको यो गणले कोरोनाले पार्न सक्ने जोखिम र निम्त्याउने चुनौतीको मूल्यांकन गर्दै त्यसको व्यवस्थापन सम्बन्धी पूर्वतयारी अभ्यास गरेको हो ।
चितवनको राप्ती नगरपालिका रसौलीमा रहेको यो गणले आइतबार जिल्लाका प्रशासक जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुका बीच गण परिसरमा शब व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन गरेको छ ।
कोरोनाको प्रकोपले मानिसको ज्यानै जाने खालको अकल्पनीय घटना भएमा त्यस्तो अवस्थामा शव कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा तयारीस्वरुप डेमो प्रदर्शनी गरिएको नेपाली गणपति कर्णेल राजेन्द्र पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै