शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतले यो कुरा नबिर्सियोस्

आइतबार, ११ जेठ २०७७, १८ : ४२
आइतबार, ११ जेठ २०७७

-मनोज राना 

विश्व इतिहास हेर्ने हो भने नेपालको गाथा अभूतपूर्व छ  ।  नेपालीहरू वीरहरूको देशको नामले चिनिन्छन्  ।  यो हाम्रो गौरवको विषय हो  ।  यो गौरव सधैँ कायम रहनुपर्छ  ।  वर्तमान विश्व परिवेशमा पनि विभिन्न मुलुकमा आफ्नो जिउज्यान सुम्पेर इमानदारीपूर्वक सुरक्षामा तैनाथ छन्  ।  आफ्नो खुन, पसिना र श्रम गरेर आफ्नो स्वाभिमानमा रमाउने नेपालीलाई बारम्बार छिमेकी राष्ट्रहरूबाट आफ्नो अधीनमा राख्ने प्रयास हुँदै आएको छ  ।  

विशेष गरी छिमेकी राष्ट्र भारतबाट यो किसिमको विस्तारवादी र अधिनायकवादी नीति नेपालमाथि दोहर्याउँदै आएको छ । उसको नेपाली माथि हेपाहा प्रवृत्ति हावी हुँदै आएको छ ।  यसको पछिल्लो उदाहरण लिम्पियाधुरा, लिपुलेक हुँदै मानसरोवर तिब्बत जोड्ने लिङ्क रोड भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका छन्  । एउटा छुट्टै छवि र राजनीतिकभन्दा पृथक् धार्मिक र आध्यात्मिक पहिचानले निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल मामिलामा आफ्नै मूल्य र मान्यता तोडेका छन् । हिन्दुवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपत्तिमा परेको छिमेकीलाई कहिले भूकम्प गएको बेला त कहिले कोरोना महामारीको मौका छोपी नाकाबन्दी र सीमा अतिक्रमण गर्ने नीति लिनेगरेका छन् ।  यो अति निन्दनीय विषय हो ।  पौराणिक कालदेखि नेपाल भारत सम्बन्ध बताउने उनले यो धार्मिक मूल्य मान्यता विपरीत छ । यो नीतिको उनकै संसदबाट विरोध पनि भएको हो । भारतले मित्रवत व्यवहार भन्दा पनि शत्रुलाई गर्ने व्यवहार गरेको छ ।  

यसमा छिमेकीलाई मात्र दोष दिनुभन्दा नेपाली सच्चिनु पर्ने देखिन्छ । अब सम्पूर्ण नेपाली एक भई हरतरहले आत्मनिर्भर बन्नुपर्छ । पुर्खाहरूले नेपाल निर्माण लागि गरेको बलिदान सम्झिने दिन आएको छ । 
नेपाल भारत जस्तो ब्रिटिस इस्ट इन्डिया कम्पनीले बनाइदिएको देश होइन । नेपाल न कहिले कसैको गुलाम बन्यो न अब कसैको आधिपत्य स्वीकार्ने छ ।  यो हाम्रो आफ्नो दममा बनेको देश हो । 
सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धि भएको थियो । त्यो सन्धिले भारतका पूर्ववर्ती शासक इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिले कायम गरेको नेपाललाई मान्ने भन्ने प्रसङ्ग कतै उल्लेख छैन ।  यसैकारण विशाल नेपाल अर्थात ग्रेटर नेपालको मुद्दा अध्यपि जीवितै छ । स्वतन्त्र भारत र नेपालबीच सिमालाई स्थायित्व दिन कुनै सन्धि नै भएको छैन । त्यसैले गुमेको त्यो भूमि नेपालकै हो र नेपालले प्राप्त गर्न  सक्छ्र तर यसका लागि हामी सम्पूर्ण एक भई भारतीय विस्तारवादको विरुद्ध लड्न जरुरी छ । भारतीयहरूले हाम्रो सिमाना महाकालीको मुहान लिम्पियाधुरालाई मान्न तयार नभए इस्ट इन्डिया कम्पनीसँग भएको सन्धि पनि मान्य हुने छैन । किनकि त्यो भारतीयहरूसँग भएको सन्धि होइन । भारतीय सञ्चार माध्यमले नेपाललाई अपमानजनक व्यवहार गरेर समाचार सम्प्रेषण गरिराखेका छन् । तिनलाई हाम्रो ऐतिहासिक दस्तावेजका आधार कडा शब्दमा जवाफ दिनुपर्छ ताकि नेपाल आदिकालदेखि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश हो भन्ने थाहा पाउन् । 
अहिले राजा, राणा, काँग्रेस, एमालेका कुन नेताले के गरे भनेर वैमनश्यता पैदा गर्ने बेला यो होइन । वीर पुर्खाले देश जोगाउन बगाएको रगतको कदर गर्ने बेला हो यो । हाम्रा पुर्खाहरु कोही शक्तिको सामु कहिल्यै झुकेनन् । अब आउने नेपाली सन्ततिका लागि हामीले यो देश जोगाउनु पर्छ । हामी कहिल्यै हामी कमजोर थिएनौँ र छैनौँ भनेर सिकाउनु पर्नेछ । पाठ्यक्रममा पनि देशभक्ति र हाम्रा सिमानाको कुराहरू प्रष्टसँग उल्लेख गर्नुपर्छ । राष्ट्रलाई अहिलेदेखि नै आत्मनिर्भर हुने शिक्षा र अभ्यास गराउनुपर्छ । नभए छिमेकीहरूले हस्तक्षेप गर्दै आउनेछन् । 
अब विदेशिएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक छ । हाम्रो ऊर्जाशील जनशक्ति विदेशी भूमिमा आफ्नो पसिना बगाउन बाध्य छ । त्यो श्रम स्वदेशमै लगासकियो भने देश आत्मनिर्भर हुन धेरै समय लाग्दैन । नेपालसँग मिहिनेत गर्नसक्ने जनशक्ति छ । त्यसको प्रयोगबाट देश शक्तिशाली बन्न सक्छ । हामीसँग जलस्रोतको अथाह भण्डार छ । प्राकृतिक स्रोत र साधनले भरिएको भूगोल छ ।  खेतीयोग्य जमिन छ ।  कृषि, जलस्रोत र पर्यटनका माध्यमबाट देशको आर्थिक विकास गर्न सकिन्छ ।  तर राजनीतिक नेतृत्वले यसलाई व्यवहारमा लागू गर्नुभन्दा पनि भाषण र पार्टीको विधान र दस्तावेजमा मात्र सीमित छ ।   
तर प्रमुख दलका नेताहरू नै विदेशीको इसारामा चल्ने गरेका छन् । आफ्नो कुर्ची र आफ्नो पार्टीलाई चुनाव जिताउन विदेशीसँग जस्तोसुकै सम्झौता गर्न पछि नपरेको कारण हाम्रो देशको अस्मिता बारम्बार प्रहार भइराखेको छ ।  भारतीय गुप्तचर संस्थाले कतिपय शीर्ष दलका नेताहरूलाई नै पैसा र कुर्चीको लोभ देखाएर आफू अनुकुल प्रयोग गरिराखेको तीतो यथार्थ हामीसामु सर्वविदितै छ । आम नेपाली यो कुरा बुझिसकेका छन् । कतिपय नेपाली नेताहरू भारतीय दलाल हुन् । 
अब हामीले हाम्रो सेना र सुरक्षा निकाय सशक्तीकरण गर्दै लैजानुपर्छ ।  सेना, प्रहरीलाई आवश्यक हातहतियारको उत्पादन नेपालमै गर्नुपर्छ ।  भारतसँग हतियार खरिद गर्ने काम बन्द गर्नुपर्छ । यो नेपालको सुरक्षा चुनौतीको विषय हो । भारतले  नेपाललाई हेप्नु यो पनि एउटा कारण हो । भारतले नै नेपालका ठूला राजनीतिक दलका नेतामाथि लगानी गरेको डरलाग्दो खुलासा भएको छ । तिनै नेतामार्फत उसले आफू अनुकूल निर्णय संसदबाटै निर्णय गराउने गरेको छ । अब यस्ता कमीकमजोरीलाई सुधार्दै लैजानुपर्छ । 
अब देश मलाई के दिन्छ भन्दा पनि देशलाई म के दिन सक्छु भनेर लाग्नुपर्छ । देशले रगत मागे रगत दिन तयार रहनुपर्छ युवाहरू । म ती लाखौँ विदेशिएका युवाहरूलाई आह्वान गर्न चाहान्छु, आउनुहोस् फर्केर नेपालमै मातृभूमि माथि सङ्कटको यस घडीमा देशकै सेवा गरौँ । देशको माटोमै केही गरौँ ।  खेती किसानी गरौँ, उद्योगधन्दा खोलौँ । नेपालमा उत्पादन नहुने भन्ने केही छैन । 
हामी आफू उत्पादन गर्न छोडेर अर्काको सामान किन्न बाध्य पार्ने राजनीतिक नेतृत्वको पछाडि छौँ । अनि कसरी देश समृद्ध हुन्छ । अहिले विश्व नै कोरोना माहामारीमा लडिरहेको बेला भारतले आफ्नो जनताको शान्ति सुरक्षा गर्नुको साटो नेपालमा गिद्दे नजर लगाइराखेको छ ।  
नेपालको पश्चिमी सीमाबारे वासिङ्टनडिसीस्थित लाइब्रेरी अफ कङ्ग्रेसको जोग्राफी एन्ड म्याप डिभिजनको क्याटलग नम्बर न् ठटछण् क द्दटण् । ज्ञछ मा नेपालको नक्सा सङ्ग्रहित छ  ।  यो नक्सामा प्बभिभ च् ।  अर्थात् काली नदी देखिन्छ  ।  त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ  ।  यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार काली नदी सीमा नदी भएकोले त्योभन्दा पूर्व नेपाल र पश्चिम भारत हो भनिएको छ । नदीभन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ  । यो नक्सा भन्छ– नाभी गाउँ पनि नेपाल हो  । तसर्थ विश्वसामु प्रष्ट के छ भने यो भूभाग नेपाल को हो । भारत यो ऐतिहासिक दस्तावेज इन्कार गर्छ भने भारतले हामी लाई थिचोमिचो गर्न चाहान्छ । भारतले नाकाबन्दी गर्छ भनेर हामी डरायौँ भने हाम्रो अस्तित्व समाप्त हुन सक्छ । भारतको जम्मु काश्मीरमा त नेपालीले गएर सुरक्षा गर्नुपरेको छ भने आफ्नो देशको सुरक्षा गर्न नसक्लान् त ? आवश्यक पर्याे भने आफ्नो जन्मभूमिका लागि भारतीय गोर्खा सैनिकले नेपालको सहयोग गर्छ भन्ने विश्वास छ ।  भारतले हाम्रो कूटनीतिक मर्यादालाई अस्वीकार गरी सिमाना अतिक्रमण गर्छ भने हामीले लड्नु परे पनि पछाडि हट्नु हुँदैन । लाखौँ नेपाली आफ्नो मातृभूमिका लागि रगत बलिदान गर्न तयार छन्  ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप