शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रामाराजाप्रसादको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्रीसँग माग

आइतबार, ११ जेठ २०७७, १८ : ५८
आइतबार, ११ जेठ २०७७

काठमाडौैं । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन गर्न सप्तरीका स्थानीय नेता तथा सर्वसाधारणले माग गरेका छन् । सप्तरी राजविराजका स्थानीय नेता तथा सर्वसाधारणले आज सप्तरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । 

प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने घोषणा स्वयम् प्रधानमन्त्री ओलीले गरेका थिए । घोषणा भएअनुसार सरकार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा त्यो कार्यक्रमलाई समावेश गरेको थियो । सो आर्थिक वर्षमा ४० करोड रुपियाँ विनियोजन पनि गरेको थियो तर पटक सो कार्यक्रम नीति तथा कार्यक्रममा समावेश नगरेको कारण नेता तथा सर्वसाधारणहरु आक्रोशित भएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व मन्त्री उमेश यादवले चालु आर्थिक वर्षमा प्रतिष्ठानको कार्यालय पूर्वाधार तयारी विकास समितिहरु पनि बनेको थियो । त्यसका लागि विभिन्न कामहरु पनि अगाडि बढी सकेको थियो तर २०७७/०७८ को नीति तथा कार्यक्रममा यस प्रतिष्ठान बारे सम्बोधन समेत नहुँदा आफूहरुलाई दुःख लागेको उनले बताए । 

राजविराजमा सो प्रतिष्ठान स्थापना हुनुपर्ने माग गर्दै आउने आर्थिक वर्षको ब​जेटमा यसलाई समावेश गराउन माग गर्दै सप्तरीका सिडियोमार्फत प्रधानमन्त्री अ‍ोलीलाई ज्ञापनपत्र पठाएको बताए ।  प्रतिष्ठानका लागि राजविराज १० मा ६१ विघा जग्गाको व्यवस्था समेत गरिएको छ तर त्यसलाई पास गराउने प्रकृया पनि भूमि मन्त्रालयमा अडकेर बसेको उनले बताए । त्यसलाई पनि चाँडै प्रकृया पुर्याई पास गराइदिन उनीहरुले माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप