शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यप्रदेशमा मरणासन्न हुनेगरी पुलिसबाट कुटिए युवक, भाइरल भयो भिडियो

आइतबार, ११ जेठ २०७७, १९ : १७
आइतबार, ११ जेठ २०७७

भारतको मध्यप्रदेश राज्यस्थित छिन्दवान्डा जिल्लाको पिला नारायणवारमा दुई प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरी पिटेका छन् । 


घटना सार्वजनिक भएपछि पूर्व मुख्यमन्त्री दिग्विजय सिंहले मुख्यमन्त्री शिवसिंह चौहानसँग प्रहरीलाई बर्खास्त गर्नुपर्ने माग राखेका छन् । 

सिंहले ट्वीट गर्दै भनेका छन् – शिवराजजी कोरोना लकडाउनमा के तपाईले मध्य प्रदेश प्रहरीलाई गरिब–मजदुरमाथि यसरी नै बर्बरतापूर्णक पिटने अधिकार दिनुभएको छ ? यस्ता प्रहरीलाई ततकाल बर्खास्त गर्नुपर्छ । 
यस घटना सार्वजनिक भएलगत्तै घटनामा संलग्न प्रहरीमाथि चेकजाँच सुरु भएको छ ।

घटना बिहीबारको भएको  भारतीय सञ्चारमाध्यम दैनिक भास्रले जनाएको छ । अहिले यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जहाँ, दुई पुलिसकर्मीले एक युवकलाई त्यतिबेलासम्म बर्बरतापूर्वक पिट्छन्, जबसम्म उनी बेहोश हुँदैनन् ।
 
यसपछि उसलाई पुलिसले गाडीमा हालेर लैजान्छन् । युवकको नाम वामन सरयाम रहेको स्थानीयले जानकारी दिएका छन् । 

पुलिसको दाबीअनुसार यी युवकमा रक्सी पिउने अदात छ । उनी गाउँमा गाली–गलौज गथ्र्ये र कपडा उतारेर घुम्ने गथ्र्ये । जब गाउँका मानिसहरुले यस्तो गर्नबाट रोक्थें, तब उनीहरुकै घर अगाडि पुगेर यी युवकले अश्लिल हर्कत गर्ने गरेका थिए । 

यी युवकका विषयमा पटकपटक प्रहरीमा गुनासो परेको थियो । उनी बिहीबार फेरि नशामा हंगामा गर्दै थिए । स्थानीयले यसको जानकारी प्रहरीलाई दिए । त्यसपछि पुगेका दुई पुलिसकर्मीले युवकलाई नशामा अश्लिल हर्कत गरिहेको भेटे । 

त्यसपछि उनीहरुले बेहोश हुनेगरी पिटे । छिन्दवान्डाका एसपी विवेक अग्रवालले यी युवामा नशाको लत रहेको र रक्सी खाएका बेला उनले यस्तै गरी उत्पात बच्चाउने गरेको प्रतिक्रिया दिए ।

घटनाको दिन रक्सी पिएपछि यी युवक एक बैंकको बाहिर बसेर मानिसलाई गाली–गलौज र दुव्यवर्हार गरिरहेका थिए ।

घटनास्थलमा प्रहरी पुगेपछि उनी जुध्न थाले र सबै घटनाक्रम भयो । सुरक्षाकर्मीहरुलाई निलम्बन गरेर घटनाको जाँच भइरहेको अग्रवालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप