शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना बीमा गर्नेको संख्या २ लाख नजिक, पौने ११ करोड प्रिमियम संकलन

आइतबार, ११ जेठ २०७७, २० : ३९
आइतबार, ११ जेठ २०७७

काठमाडौं । कोरोना बीमा गर्नेको संख्या २ लाख नजिक पुगेको छ । आइतबार साँझसम्म कुल १ लाख ९७ हजार ७ सय १ जनाले १५ हजार ६ सय ८३ बीमालेख मार्फत् उक्त बीमा गरेको बीमा समितिले जनाएको छ । 

आइतबार मात्रै १ हजार ६६ बीमालेखमार्फत् ८ हजार ७ सय ९५ जनाले त्यस्तो बीमा गर्दा ४९ लाख ८२ हजार रुपैंया बीमा शुल्क संकलन भएको समितिले जनाएको छ । 

शनिबार १ सय २६ बीमालेख मार्फत् १ हजार २ सय ३९ जनाले बीमा गर्दा ७ लाख ३९ हजार प्रिमियम संकलन भएको थियो । शुक्रबार भने एकैदिन १९ हजारले बीमा गर्दा १ करोड २ लाख रुपैंया प्रिमियम संकलन भएको थियो । 
२० वटा निर्जीवन बीमा कम्पनीमध्ये अहिले सबैभन्दा बढी बीमाशुल्क अजोड इन्स्योरेन्सले संकलन गरेको छ । अजोडले ६७ लाख रुपैंया संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले १६ लाख रुपैंया बीमाशुल्क संकलन गरेको छ । 
बीमा समितिले एक महिना अघि सार्वजनिक गरेको कोरोना बीमासम्बन्धी बीमालेखमा अहिले आकर्षण बढ्दो छ । तर यो बीमालेखलाई जोखिमपूर्ण भन्दै बीमकहरुले नै यसलाई सच्याउनुपर्ने वा खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप