शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विकासका लागि अनुसन्धान कार्यमा लगानी गरौँ

मङ्गलबार, २० भदौ २०७४, १४ : ४३
मङ्गलबार, २० भदौ २०७४

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । यस देशमा एक असल, इमानदार नेतृत्व यो देशले किन पाउन सकेको छैन ? अब देशलाई विगतमा भएका कमी कमजोरी इतिहासलाई दोष दिएर मात्र उम्कन पाइँदैन । देश विकासका लागि सकारात्मक सोच राख्ने बौद्धिक जमात र युवाहरूको मार्ग स्पस्ट हुन जरुरी छ ।
विश्वका शक्तिशाली देशले आफ्ना आधारभूत आवश्यकता पूरा गरेसँगै पृथवीभन्दा अर्को ग्रहको खोजीमा दैडिरहेका छन् । तर हाम्रा देशको नेतृत्व गर्ने राजनीतिक व्यक्ति मन्त्री बन्ने र राज्यको स्रोतको दुरुपयोग गर्नमै केन्द्रित छन् । दस वर्ष संविधानको रट्टानमै विताए , अझै स्थिीरता आउन सकेको छैन । यदि सबैको नियत राम्रो हो भने देश निमार्णमा एक ठाउँमा आउन केले रोकेको छ ?  विकासका मुद्दामा त एक ठाउँमा आउन सक्न पर्छ नि । व्याक्तिवादी चरित्रले कहिल्यै देशको प्रगति हुँदैन । 
जोस जागरले भरिएका युवा विदेशमा पसिना बगाएर रेमिटेन्स पठाइरहेका छन् । सबै बुद्धिजीवी बाहिर विकसित राष्ट्रतिर पलायन भइरहेका छन् । यस्तो अवस्थामा आफ्नो देशको विकास कसरी हुनसक्छ ? 
देशमा यावत समस्या छन् । यसको समाधान गर्न पढेलेखेका युवा, प्राध्यापक लगायत बौद्धिक जमातलाई देशमै रहने वातावरण सृजना गर्नु पर्छ । देशले विद्वानको कदर गर्न सके मात्र देशको विकास सम्भव हुन्छ । विश्वका शक्तिशाली मुलुकले विभिन्न देशका पढेलेखेका युवाहरुलाई आफ्नो मुलुकमा ससम्मान राख्छ र तिनको उपयोग गरेर ती देश बनेका छन् । जब विद्ववानलाई देशमै राख्ने वातावरण बन्छ अनि मात्र उनीहरुले देशहित अनुकुलका कार्य गर्छन् र तिनबाट रोजगारीको सृजना हुन्छ । 
विकसित मुलुकहरुले कुल गार्हस्थ उत्पादनको २.७४५, २.१५, ३.५८५, ५५ र ३५ प्रतिशत क्रमशः अमेरिका, चाइना, जापान, दक्षिण कोरिया र ताइवानले अनुसन्धानमा लगाउँछन् । हाम्रो देशमा यो शून्यको हाराहारीमा छ । नेपालमा भएका अनुसन्धान केन्द्रले के गरिरहेका छन् ?  उनीहरुलाई स्रोतको अभाव छ, छैन ?  यदि उदासीनता आएको हो भने त्यसलाई खारेज गरेर नयाँ पुस्ता आउनसक्नेगरी नयाँ अनुसन्धानको ढाँचा बनाउन जरुरी छ । 
विश्वविद्यालयहरु राजनीति गर्नेभन्दा नयाँ खोजमा केन्द्रित हुने नीति अवलम्बन गर्ने जरुरी छ । खुला विश्वविद्यालयलाई प्रभावकारी ढङ्गले अघि बढाएर अनुसन्धान केन्दि«त पाठ्यक्रम निमार्णमा जुट्न अब धेरै ढिला नगरौँ । जुन देशमा युवाले आफ्नो भविश्य देख्दैनन्, त्यो देशको भविश्य कसरी उज्ज्वल हुन सक्छ । 
देशमा हरेक विश्वविद्यलयले उत्कृष्ट अनुसन्धान केन्द«को विकास गर्नसके विदेशिएका अधिकांश बुद्धिद्वजीवी स्वदेश फर्कने अवस्था सिर्जना हुने थियो । त्यसले आफ्नो देशको कला संस्कृति र माटो सुहाउँदो अनुसन्धान गरी त्यसलाई व्यावसायिकता गर्नसके देशले फड्को मार्न सक्थो । 
राज्यको स्रोत खाने र शिक्षण संस्थामा राजनीति गरेर बस्ने प्राध्यापक जस्तो गरिमाको खिल्ली उडाउनेलाई पदच्यूत नगरी विश्वविद्यालय अनुसन्धान केन्द«मा रुपान्तरण हुन गाह्रो छ । नेपालका हिमाल, पहाड, तराईका झाडीमा छरिएका जडीबुटी अनुसन्धान नभएर अलपत्र परिरहेको छ । 
अमेरिकालगायतका सम्पन्न देशले अनुसन्धानका मार्फत मोबाइल, टेलिभिजन, रेडियो, घडी आदिको आविष्कार गरे  । जो दैनिक जीवनका अत्यावश्यक वस्तु निमार्णको ‘पेटेन्ट राईट’ दिए । यसले गर्दा अनुसन्धानकर्तामा ठूलो राहत मिल्यो । राज्य, विभिन्न संघ संस्थालगायात  अनुसन्धानमा ठूलो परिमाणमा लगानी गरे र ती वस्तुको विश्व बजारमा ब्यापक बजारीकरण भयो । यसले अत्यधिक उत्पादनलाई प्रचारप्रसार गरी रोजगारीको सम्भावना खोल्यो र ती देशले छोटो समयमा अकल्पनीय प्रगति गरे । 
हाम्रो देश परम्परागत कृषि प्रणालीमा आस्रित छ । अब यो परम्परालाई आधुनिकीकरण गर्दै कृषिउत्पादनमा वृद्धि गर्नुपर्छ । विभिन्न दरबार बनाउँदा प्रयोग भएका कला, हातहतियारको वैज्ञानिकरण गर्दै जडीबुटी, जलस्रोतको समुचित गरेर देशविकासमा जुट्न जरुरी छ । 
सधैँ नेतृत्वलाई गाली गर्ने हाम्रो संस्कार बनिसकेको छ, यसर्थ गाली मात्रै नगरेर अब मैले के गर्ने सक्छु भन्ने तर्फ आम नेपाली लाग्नुको विकल्प छैन ।  
कृषि, जलविद्युत, पर्यटनलाई विकसित गराउन यस क्षेत्रमा अनुसन्धान गरी त्यसको व्यावसायीकरण गर्नसके हाम्रो पहुँच विश्व बजारमा पुग्न सक्छ र हाम्रा उत्पादन बिक्री हुन्छन् । दुई ठूला जनसङ्ख्या  भएको देशकाबीचमा हामी छौँ, यी मुलुक हाम्रा लागि राम्रो बजार हुन् । 
औषधि उद्योगमा गहन अनुसन्धान हुनसके उत्पाद कार्यमा सुधार आउन सक्थ्यो र त्यसले व्यापार घाटा घटाउन मद्दत गर्ने थियो । 
युवा, बुद्विजीवी, राजनीतिक नेतृत्व सबैले देशका लागी के गर्न सक्छु भन्ने प्रतिबद्धताका साथ काम गरेमा विकास गति तीव्र हुनसक्छ । यसले निकट भविश्यमा समृद्व नेपाल बन्नेछ ।  मातृभूमिलाई आमा मान्दै प्रार्थना गरौँ, देशभित्रै झगडा, भागभन्डा र युद्धको राजनीतिलाई त्यागौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप