शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साका एकै परिवारका १८ जनाले कोरोनालाई जिते

आइतबार, ११ जेठ २०७७, २२ : ४२
आइतबार, ११ जेठ २०७७

बीरगञ्ज । बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका छन् । आइतबार बेलुका उनीहरुलाई डिस्चार्ज गर्न लागिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् । डिस्चार्ज हुने १८ जना एकै परिवारका सदस्य हुन् ।  नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा रहेको उनले बताएका छन् ।

बस्नेतले उनीहरुको उपचारमा संलग्न नारायणी अस्पतालका मे.सु.डा. मदन उपाध्यासहित सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोथ गर्नेहरु हार्दिक नमन भनेका छन् ।  बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो लाग्दैछ नेपालीहरुले एकपछि अर्को गर्दै कोरोना भाइरसलाई पराजित गर्दै जानेछन् ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप