केन्द्रीय संस्करण

किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण हुने

person explore access_timeजेठ ११, २०७७ chat_bubble_outline0

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग आज भर्चुअल संवाद गरी आगामी आर्थिक वर्षदेखि किसानको राष्ट्रिय बजार सञ्जाल निर्माणको काम शुरु गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेट किसानको राष्ट्रिय बजार निर्माणमा केन्द्रित गर्ने सहमति भएको छ । ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रमअन्तर्गत किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको हो । यसका लागि काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल भइसकेको छ ।

मन्त्री भुसालले सङ्घीय सरकारले किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्ने गरी बजेट ल्याउने जानकारी दिँदै प्रदेश सरकारलाई पनि त्यहीअनुसार बजेट ल्याउन आग्रह गरे । त्यसका लागि ७५३ वटै स्थानीय तहमा कृषि सेल निर्माण शुरु गरिनेछ । मन्त्री भुसालले हरेक स्थानीय सरकारसँग आफ्नो छुट्टै संकलन विधि, भण्डारणगृह र वितरण प्रणाली हुने व्यवस्था शुरु नगरे कृषि क्षेत्र बचाउन नसकिने भएकाले किसानको वैकल्पिक बजारको राष्ट्रिय नेटवर्क बनाइने जनाए ।

छलफलमा प्रदेशका मन्त्रीहरु पनि किसानले उत्पादन गरेको उपज बजारसम्म नपुग्ने तर बजारमा भने अन्य मुलुकबाट उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न किसानको राष्ट्रिय बजार निर्माण गर्ने प्रस्तावमा सहमत भएका थिए । कोरानो महामारीबाट आहत  कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन तीनै तहका सरकारबीच समन्वय हुन लागेको हो  । मन्त्री भुसालले आगामी बजेटबारे गत फागुन २५ र २६ गते सातै प्रदेशका मन्त्रीहरुसँग छलफल गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.