बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित भेटिएलगत्तै ककनी गाउँपालिका–३ सिल

आइतबार, ११ जेठ २०७७, २३ : ४१
आइतबार, ११ जेठ २०७७

काठमाडौं । आइतबार एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएलगत्तै नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३  सिल गरिएको छ । ककनी गाउँपालिकाका अध्यक्ष मीनबहादुर लामाले एक विज्ञप्ति जारी गरी आजको मितिबाट सो वडाभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय र संघसंस्थाहरु १० दिनका लागि सिल गरिएको जानकारी दिएका हुन् ।

सो समयावधिभित्र अतिआवश्यक एम्बुलेन्स सेवा र स्वास्थ्य सेवा बाहे अन्य सवारी साधनहरु नचलाउन, अनावश्यक रुपमा पैदल हिँडडुल तथा भीडभाड गर्ने जस्ता कार्य नगर्न नगराउन समेत अध्यक्ष लामाले आग्रह गरेका छन् । यदि त्यस्तो गतिविधि गरिएको पाइएमा सुरक्षाकर्मीहरुले प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप