कीर्तिपुरमा सडकमै मृत भेटिए मजदुर
सोमबार, १२ जेठ २०७७, ०० : ००
काठमाडौं । काठमाडौंको कीर्तिपुरको सडकमा एक मजदुर मृत फेला परेका छन् । आइतबार कीर्तिपुर–१० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकमा धादिङका सूर्यबहादुर तामाङ मृत भेटिएका हुन् ।
स्थानीयवासीका अनुसार उनी कीर्तिपुरमा वर्षौदेखि भरियाको काम गर्दै आएका थिए ।
लकडाउन सुरु भएयता कामविहिन भएका तामाङ पछिल्लो समय केही संघसंस्थाले उपलव्ध गराएको खाना खान्थे र पाटीमा सुतेर रात काट्थे । आफन्त नभएका उनको आइतबारनै प्रहरीले पोष्टमार्टम गरेको छ ।
तस्बिर सौजन्यः अमन महर्जन, वडाअध्यक्ष, कीर्तिपुर वडा नम्बर १०